विवेक, अन्याय र अनुसार सम्बन्धी अङ्गीकार गर्नु भन्दा दवाव र प्रभावमा सर्वोपरि स्थान दिदा अहिले संस्कृतका धरोहरहरु ध्वस्त बन्दै गएका छन् । संस्कृत वाङ्मयमा रहेका औषधि विज्ञान र मानविय स्वास्थ्य संग सम्बन्धित कुराहरु आधुनिक विज्ञान र प्रविधिका लागि आधारभूत प्रयोगात्मक सूत्रको रुपमा लिन सकिन्छन् । खगोल विज्ञानको जग भनेको संस्कृत वाङ्मयको हो भन्ने स्पष्ट भइसकेको छ ।
अहिले विश्वमा आफ्नो मौलिक पहिचान र धरोहरहरूको खोजी भइरहेको छ ।
बिर्सिएका आफ्ना परम्परागत विरासतलाई कसरी जगाउने भनी विभिन्न मुलुक मा त्यस सम्बन्धी कार्यनीति र रणनीति हरु तयार भइरहेका छन् । सम्बन्धित देशका सरकारहरु त्यस क्रियाकलापमा तन्मयका साथ लागिरहेका छन् । एकातिर विश्वस्तरमा आफ्ना पहिचान र मौलिक हरूको खोजी भइरहेको स्थितिमा हामीकहाँ भने आफ्ना मौलिक पहिचान र धरोहरहरुलाई ध्वस्त गर्नु नै महान र क्रान्तिकारी मानिने संस्कारले संस्कृतिको रुप लिएको छ । विशेषगरी राजनैतिक तहबाट नै यस्तै क्रियाकलापहरु भइसकेका छन् । बनाइएका नीतिनियम र कानहरू आफ्नो मौलिक रीतिरिवाज सँग मिल्दोजुल्दो छ छन् वा बाझिएका छन् त्यसको बारेमा गहन छलफल गरिनु पर्नेमा अन्तर्रा्ष्ट्रिय दातृ निकाय वा संस्थाको निर्देशन अनुसार नै नीति नियम एवं ऐन कानुनको तर्जुमा गर्ने प्रविधिलाई अंगिकार गरेको छ । बदलिदो समय र परिस्थितिअनुसार परिवर्तन वा संशोधनसहित ऐन नियम कानुन वा नीतिहरु तर्जुमा गरिने भएतापनि आफ्ना धरोहरका रुपमा रहेका ती संस्कार वा संस्कृतिलाई वखल नपुगिने गरी निर्माण गर्न पनि सकिन्छ । आफ्नो बुद्धि र क्षमता भन्दा अरुको स्वार्थ अनुसार चल्न थालेपछि पराईहरुको स्वार्थ दावी हुनु स्वभाविक नै हो ।
विवेक, अन्याय र अनुसार सम्बन्धी अङ्गीकार गर्नु भन्दा दवाव र प्रभावमा सर्वोपरि स्थान दिदा अहिले संस्कृतका धरोहरहरु ध्वस्त बन्दै गएका छन् । संस्कृत वाङ्मयमा रहेका औषधि विज्ञान र मानविय स्वास्थ्य संग सम्बन्धित कुराहरु आधुनिक विज्ञान र प्रविधिका लागि आधारभूत प्रयोगात्मक सूत्रको रुपमा लिन सकिन्छन् । खगोल विज्ञानको जग भनेको संस्कृत वाङ्मयको हो भन्ने स्पष्ट भइसकेको छ । गणितिय ज्योतिषले दिएका तथ्यहरु अहिले वैज्ञानिक अनुसन्धान संग समेत मिलेका छन् ।
भौतिकवाद र अध्यात्मवाद एकैसाथ हिड्न सक्दैनन् । तर अध्यात्मवाद अपनाउनेले कतिसम्म भौतिकवाद लाई स्वीकार गर्लान् वा भौतिकवादीहरुले कति प्रतिशत अध्यात्मवाद स्वीकार गर्न सक्लान् ? यो उनीहरुकै विषय हो । तर सारभूत कुरालाई जीवनपयोगी क्षेत्रमा ग्रहण गर्न सकिन्छ भने त्यो नै महत्वपूर्ण मानिन्छ ।
आधुनिक जीवनपद्धति बनेका भाषा कला विज्ञान प्रविधि आदिमा संस्कृत वाङ्मयको को प्रभाव विश्वव्यापी रुपमा देखिन्छ । संस्कृत वाङ्मयलाई केवल धर्मको रूपमा लिने गरिएकोले यस अन्तर्गत रहेका अन्य पक्षहरु को व्याख्या अन्वेषण र उजागर जस्ता पक्षहरु छायाँमा पर्न गएका छन् । अनुसन्धान पक्षलाई पूर्ण रूपमा इन्कार गर्ने प्रविति हर क्षेत्रमा भएजस्तै यस वाङ्मयको अध्ययन गर्नेहरुमा पनि रहेको छ । संस्कृत भाषा भएकोले यसको माध्यम द्वारा प्राचीन सभ्यता विज्ञान विकास आदिको समग्र अध्यापन गर्न सकिन्छ भन्नेतर्फ स्वयं संस्कृत अध्ययन गर्नेहरुले पनि तर्क दिन खोजेनन् । योग, आयुर्वेद, भाषा, साहित्य, कला आदिको अगाध ज्ञान सागरको रुपमा रहेको संस्कृत वाङ्मयलाई विशद एवं वस्तुगत रुपमा बुझ्नपट्टि नगै यसको एउटा सूक्ष्म वाटो धर्म र कर्मकाण्ड तर्फ मात्रै लगेर बुझ्न खोज्दाको परीणाम यसको जीवनवादी पक्ष उजागर हुन सकेको छैन ।
भौतिकवाद र अध्यात्मवाद एकैसाथ हिड्न सक्दैनन् । तर अध्यात्मवाद अपनाउनेले कतिसम्म भौतिकवाद लाई स्वीकार गर्लान् वा भौतिकवादीहरुले कति प्रतिशत अध्यात्मवाद स्वीकार गर्न सक्लान् ? यो उनीहरुकै विषय हो । तर सारभूत कुरालाई जीवनपयोगी क्षेत्रमा ग्रहण गर्न सकिन्छ भने त्यो नै महत्वपूर्ण मानिन्छ । कर्मकाण्ड लाई कतिले स्वीकार गर्ने ? स्वीकार गर्ने आधार जात हुन सक्छ वा सक्दैन ? अहिले त्यसको बारेमा गम्भीर छलफल हुनुपर्दछ । यदि निश्चित जातमा मात्र यस संस्कृत वाङ्मयको कर्मकाण्डलाई सिमित राखिदिने हो भने, अरुले कुन संस्कार मान्ने ? आफ्नो परम्परादेखि मानिँदै आएको सँस्कारलाई सहज रुपमा त्याग्न कसैले पनि चाहन्न तर जहाँ भेदभाव र उपेक्षा हुन्छ त्यहाँ वैमनस्यता उत्पन्न हुन्छ । विभेदमा परेकाहरु अन्य धर्म र संस्कार स्वीकार्न बाध्य हुनुपर्ने स्थिति पनि आउन सक्दछ । अहिले प्रलोभन र दबाबमा धर्मान्तरण अभियान चलि रहेको छ । दलित जनजातिलाई धर्मान्तरण गराउन ठुलो लगानी समेत भइरहेको कसैबाट छिपेको छैन । स्वयम् राजनीतिक पार्टीहरु नै अहिले धर्मान्तरण अभियानका ठेकेदारको निर्देशनमा चलिरहेका छन् ।
संस्कृत वाङ्मय सम्पूर्ण मानवजातिको सम्पत्ती भएकोले अवका दिनमा यसलाई सिमित जातजातिको वीचमा संकुचन अवस्थामा राखिनु भनेको यसको अस्तित्वलाई अरु धरासायी बनाउनु हो । यसलाई धरासयी बनाउन धर्मान्तरण अभियानका ठेकेदारहरुले राजनीतिक दल र तिनका नेतालाई मात्र नभई एनजिओ र आईएनजीओ को माध्यमद्वारा समेत अथाह धनराशीको ओइरो लगाएका छन् ।
लेखकः पदम रेग्मी

0 Comments