श्राद्धको बारेमा विभिन्न पुराण र महर्षिहरुको मत

महर्षि काष्र्णाजिनीः–

वृश्चिके समनुप्राप्ते पितरो दैवेतैः सह ।

निःश्र्वास्य प्रति गच्छन्ति शांप दत्वा सुदारुणम् ।।

कन्याराशि पछि वृश्चिक राशिमा सूर्य गएपछि श्राद्ध नपाएका पितृहरू लामो सास फेर्दै निरास भई श्राप दिएर पितृलोक जान्छन् । अतः आश्विन कृष्ण पक्षमा श्राद्ध गर्न नपाए तुलारासिमा सूर्य छदै श्राद्ध गर्नुपर्छ ।

आदित्य पुराणः–

न सन्ति पितरश्र्चेति कृत्वा मनसि यो नरः ।

श्राद्ध न कुरुते तत्र तस्य रक्त पिवन्ति ते ।।

पितृहरू छैनन् भनेर दुर्वुद्धिवश श्राद्ध नगर्नेको रगत पितृहरूले पान गर्दछन् ।

महर्षि सुमन्तुः–

श्राद्धात्परतंर नान्यच्छ«ेयस्करमुदाह्रुतम ।

तत्मात्सर्वप्रयत्नेन श्राद्धं कुर्याद्विचक्षणः ।।

श्राद्ध भन्दा ठुलो कल्याणपद अरु केही छैन । अतः वुद्धिमान मनुस्यले प्रयत्न पूर्वक श्राद्ध गर्नुपर्छ ।

कूर्मपुराणः–

यो येन विधिना श्राद्धं कुर्यादेकाग्रमानसः ।

व्योपेतकल्मषो नित्यं याति नावर्तते पुनः ।।

एकाग्रचित्तले श्राद्ध गर्ने पुरुष समस्त पापबाट मुक्त हुन्छ, संसार चक्रमा आउदैन ।

व्रह्मापुराणः–

तस्माच्छ«ाद्धं नरो भक्तया शाकैरपि यथाविधि ।

कुर्वीत श्राद्धया तस्य कुले कश्चिन्न सीदति ।।

श्राद्ध भक्तिले सागले भएपनिश्राद्ध गर्नेको कुलमा कोही दुःखी हुदैन ।

यो वा विधानतः श्राद्ध कुर्यात् स्वविभवो चितम् ।

आव्रह्मास्तम्वपर्यन्त जगत्प्रीणाति मानवः ।।

आफनो सामर्थ अनुसार विधिपूर्वक श्राद्ध गर्नेले व्रह्मादेखि तृण पर्यन्त सम्म प्राणीलाई तृप्त गर्दछ ।

उपयुक्त श्राद्धको महिमा सूचित गर्ने अनेक प्रमाणहरूबाट प्रष्टसिद्ध हुन्छ कि श्राद्धको फल केवल पितृहरूको तृप्तिमात्र होइन । अपितु श्राद्धकर्तालाई पनि श्राद्धको विशेष फल प्राप्ति हुन्छ । अतः आप्ता परमाराध्य पितृहरूको श्राद्ध गरेर सर्वविध उन्नति प्राप्त हुन्छ । पितृहरू देवताहरू भन्दा पनि कृपालु हुन्छन् । जहाँ श्राद्ध हुँदैन । त्यहा दुःख कष्ट रोग हुन्छ आयुको नाश हुन्छ कुनै कल्याण हुँदैन, भनेको छ । 

ब्यासः–

पितृन् पितामहाँश्चैव द्विजः श्राद्धेन तर्पयत् ।

आनृण्य स्यात् पितृणाञ्च वह्मालोकं च गच्छति ।।

आफना मृत पितृ पितामाहादि पितृहरूलाई श्राद्ध द्वारा सन्तुष्ट पार्ने व्यक्ति पितृउऋणबाट मुक्त भएर व्रह्मलोक जान्छ ।

सत्ययुगमाश्रीरामले स्वर्गवासी पिता दशरथलाई केको पिण्ड वनाएर दान गरे ?

ऐतिहासिक वाल्मीकि रामायणमा श्राद्धको बारेमा उल्लेख गरेको पाईन्छ । भरतजीलाई पिता दशरथको स्वर्गवासको खवर मिल्यो त्यति वेला दक्षिण दिशातिर मुख गरेर भरतजीले तर्पण गरेर भने हे पूज्य पिता राजशिरोमणि आज मैले दिएको यो निर्मल जल पितृलोकमा गएर हजुरलाई अक्षय रूपले मिलोस् ।

एवत्ते राज शार्दूल विमल तोयमक्षम् ।

पितृलोक गतस्याध मद्दत्तमुपतिष्ठतु ।।

वाल्मीकि रामायण २÷१०३÷२७मा

पिण्ड दिंदा गाईको दुधमा पकाएको खीर या जौको पिठाको पिण्ड दिईन्छ तर भगवान श्री रामले चिउरीको फलको गूदीमा वयर मिलाएर पिण्ड तयार गरी पिण्ड दिनुभएको थियो । प्रसन्नता पूर्वक यो भोजन स्वीकार गरी वक्सीयोस वनवास समयमा त्यहि आहार थियो । मनुष्य स्वयं जुन अन्न खान्छ त्यसलाई देवताहरूले पनि ग्रहण गर्दछन् 

इदं भुङ्क्षव महाराज प्रीतो यदशना वयम् ।

यदन्नः पुरुषो भवति तदनास्तस्य देवताः ।।

वा.रा.२÷१०३÷३०

गृध्रराज जटायुको मरणपछि रामले त्यसको दाह संस्कार गोदावरीका जलले जलाञ्जली दिई रोहीका गुदीको पिण्ड वनाएर कुशमाथि राखेर पिण्ड दान गर्नु भएको थियो । परलोकवासीलाई स्वर्ग प्राप्ति गराउने उद्धेश्यले प्रमाणहरूले जुन पितृ सम्वन्धी मंत्रको जप ती सवै मंत्रहरूको जप भगवान रामले गर्नुभयो भन्ने कुरा यसरी भनिएको छ ।

यद् यत्प्रेतस्य मत्र्यस्य कथयन्ति द्धिजातयः ।

तत्स्वर्गगमनं पित्रयंतस्य रामो जजाप ह ।।

वा.रा.३÷३६८÷३०

अत्रिमुनिको आश्रममा पुगेपछि अत्रिको कथानुसार व्रह्माद्वार निर्मित्त पुष्कर तीर्थमा पुगेर भगवान रामले चिउरी वयर अमला र पाकेको वेलको पिण्ड वनाएर स्वर्गवासी पिता दशरथलाई पिण्ड दान गर्नु भएको तथा लक्ष्मण द्वारा जम्मा गरिएको कन्दमूलले बह्मण भोजन गराउनु भएको वर्णन छ । यस्तै अङ्गद्ले वालीको विभीषणले रावणको श्राद्धकर्म गरेको वर्णन वाल्मीकि रामायणमा पाईन्छ । महाभारतमा भीष्म पितामहले स्वर्गवासी पिता शन्तनुलाई श्राद्धमा पिण्ड दान गर्दा पिताले हात थापेको देखेर दुविधामा परेका भीष्मले पिण्ड हातमा नदिएर तस्माच्छास्त्र प्रमाणम् शास्त्रवचन अनुसार कुशमाथि दिएको हुँदा पितृहरू खुशी भएर भीष्मको प्रशंसा गरेका र आशिर्वाद दिएको वर्णन पाईन्छ ।

त्यहाँ देखी वालुवाको वेदी वनाई कुशमाथि पिण्ड दिने चलन चलिआएको हो । यसकारण स्वयं जस्तो खानुहुन्छ त्यस्तै दान गर्नु । घरमा मसिनो खाने सिधा दान गर्न बजारिया मोटो चामल दान गर्ने पनि कतै कतै पाईन्छ ।

विष्णु पुराणमाः– श्राद्धकालमा भक्ति विनम्र चित्तले उत्तम ब्राह्मणलाई यथाशक्ति भोजन गराउनू । भोजन गराउन असमर्थ भए ब्रह्मणलाई काँचो अन्न (सिधा) यथासक्य दक्षिण दिंदा त्यो श्राद्ध उत्तम हुनेछ । त्यसमा पनि असमर्थ भए जौ तिलले जलाञ्जली तर्पण दिनु । गाईलाई घाँस दिनु असमर्थ भए एकान्तमा दुवै हात माथि उठाएर श्र िसूर्य नारायण र दिक्पालहरूसंग उच्च स्वरले भन्नु म संग श्राद्ध गर्ने धन सामाग्री भएन अतः म आफ्ना पितृगणहरूलाई नमस्कार गर्छु । उनीहरू मेरो भक्तिबाट नै तृप्तिलाभ गरून् ।

नेमेडस्ति वित्तं नधनं च नान्य

च्छ«ाध्दोपयोग्यं स्वपितृ नतोऽस्मि ।

तृप्यन्तु भक्त्या पितरो मयैतौ

कृतौ भुजौ वत्र्मनि मारुतस्य ।।

वि.पु.३÷१४÷३०

अतः यो श्राद्धीय शक्ति ऋषिहरूले हजारौ वर्षको साधना, तपस्या र योगादिवलले प्राप्त गरेका हुन् । कुनै पनि विद्वान्ले यसको खण्डन गर्न सक्दैन । जो पितृहरू पितृलोकमा नभएर मनुस्यको आदि स्थुल शरीरको योनिमा पुगेका छन् र श्राद्धमा सूक्ष्मरुपले प्रवेश गर्न सक्दैनन् तापनिश्राद्धमा दिएको श्राद्धान्नलाई वसु, रुद्रा आदित्यले आकृष्ट गरेर स्थुल शरीरधारी पितृहरूलाई भोगरूपमा पु¥याईदिन्छन् । त्यसकारण आत्मा वै जायते पुत्रः यस श्रुति वचनानुसार पुत्र पिताकै रूप भएकोले श्राद्धको मा पुत्रमा भएको हो । पिता माताले परिश्रम गरी कमाएको सम्पत्तिको उपभोग गर्दा कुनै तर्क नगर्ने मृत पितृहरूलाई एक अञ्जुलि पानि तर्पण गर्नेको लागि पहाड बनाउने त्यसभन्दा कृतघ्नता अरु के हुन सक्छ ?

श्राद्ध–तर्पणः– सनातन धर्ममा वर्णश्रम धर्ममा अनुयायीहरूलाई पितृ  ऋणबाट मुक्त हुनका लागि तर्पण र श्राद्धको व्यवस्था छ । द्विजातिहरूलाई नित्यकर्म सन्ध्यावन्धनका साथ जलले तर्पण गर्ने आदेश शास्त्रद्वारा प्राप्त छ । सनातन धर्ममा जसरी जीवित मनुष्यहरूलाई, पशुपंक्षीलाई जलले तृप्त गर्ने व्यवस्था छ त्यसै गरी मृतकहरूलाई तर्पणद्वारा तृप्त गर्ने व्यवस्था पनि छ । मरण पछि तर्पण र पिण्ड दान दिएर तृप्त गर्ने सन्तान होस् भन्ने प्रवल ईच्छा सनातन धर्मसंग सम्बन्धीत मनुष्यको हुन्छ ।

पतन्ति पितरो द्वयेषां लुप्तपिण्डोदकक्रियाः (गीता १÷४२) अनुसार पिण्डदान तर्पणदि क्रियाहरू लोप भएमा उसका पितृहरूको अध पतन हुन्छ । पुन्नाम नरकबाट पितालाई वचाउने वाला नै पुत्र हुन्छ । त्यसै कारण मठ मन्दिर पूजा आजा भन्दा पिता मातालाई श्राद्ध तर्पण भन्दा ठूलो अरू केहि छैन । नाङ्गै आएको हो नाङ्गै जाने हो जति धन सम्पत्ति भएपनि छोडेरै जाने हो, श्राद्ध गर्नै पर्दछ ।

लेखकः केदार काफ्ले


Post a Comment

0 Comments