अहिले बजारमा विभिन्न किसिमका पुस्तकहरू विक्रि भैरहेका छन् । उमेर, रूचि, पेशा अनुसारका व्यक्तिहरूले आफ्ना रूचि अनुसारका पुस्तकहरू किन्ने गरेको पाइन्छ । पुस्तक समय कटाउने उद्देश्यले मात्र अध्ययन गर्ने नभै थप प्रेरणा र जानकारी लिने वा आर्जन गर्ने उद्देश्यले अध्ययन गर्नु उपयुक्त मानिन्छ । पठन संस्कृति वढाउनको लागि त जुनसुकै पुस्तक उपयुक्त होलान् तर एउटा पुस्तक अध्ययन गर्दा पाठकको वहुआयामिक तवरबाट लगानी भएको हुन्छ । जसअन्तर्गत पुस्तक किन्दा आर्थिक लगानी भएको पहिलो पाटो हो भने अध्ययन गर्दा लाग्ने समय र परिश्रम दोश्रा र तेश्रा पाटाहरू हुन् ।
उपयुक्त वहुपक्षीय लगानी मार्फत पुस्तकको पठनपाठन भएपछि प्राप्त हुने ज्ञान र प्रेरणा महत्वपूर्ण मानिन्छ । स्तरीय पुस्तक तयार गर्न कुनै पनि लेखकलाई ४÷५ वर्ष लाग्ने गर्दछ । त्यस अवधिमा लेखकले सयौं पुस्तकको अध्ययन गर्नुपर्दछ । ति पुस्तकहरूको अध्ययनको आधारमा पुस्तक निकालिएको हुन्छ । सयौँ पुस्तकहरूको संश्लेषणको रूपमा पछिल्लो चरणमा प्रकाशित भएको पुस्तकलाई लिईन्छ । लेखकको ४÷५ वर्षको मेहनत र सयौँ पुस्तकको अध्ययनको आधारमा प्रकाशित पुस्तक अध्ययन गर्न बढिमा एक महिना लाग्दछ । त्यसबाट लेखकले धेरैवर्ष लगाएर बटुलेको ज्ञान पाठकले आर्जन गर्न सक्दछ । प्रत्येक महिनामा त्यस्ता विभिन्न पुस्तकहरू पढ्दै जाने हो भने एक वर्षमा लेखकहरूले परिश्रम गरेका ५०÷६० वर्षका ज्ञानहरू पाठकले सहजै आर्जन गर्न सक्दछ । त्यसै भएर एकजना अमेरिकी लेखकले “धेरै पढ्नुहोस् धनी बन्नुहोस्” भन्ने किताव नै लेखे । धेरै पढ्ने व्यक्ति नै लेखक वन्न सक्दछ । केवल लेख्नको लागि लेखक वन्ने र ज्ञानवद्र्धनको लागि लेखक वन्ने कतिपयको स्वभाव वा प्रवृत्ति हुन सक्छ । तर अन्तर्राष्ट्रिमा लेख्नको लागि लेख्नेहरू वास्तवमा लेखक भएको देखिएको छैन ।

0 Comments