रिसाउँदा शरिरलाई ठूलो क्षति

रिसाउने व्यक्तिलाई अभागी पनि भनिन्छ । खाना खाँदा रिसाउनु र झगडा गर्नु त अभागि मात्र नभै अलच्छिन समेत मानिने शास्त्रीय मान्यता रहेका छ । यतिमात्र नभै स्वयं रिसाउने व्यक्तिको स्वास्थ्यमा पनि ठूलो हानी हुने कुरा स्वास्थ्यविद्हरूले जनाएका छन् । रिसाउँदा शरीरका १८ हजार तन्तु खुम्चिने र ६७ वटा तत्नुहरूले ठाउँ छोड्न सक्ने, ६३००० किटाणु स्वेतरक्तकणमा वृद्धि हुने र मष्तिष्क र मुटुमा वढि भारपर्ने हुनाले रिसाउने व्यक्तिहरू स्वास्थ्य हुनै सक्दैनन् । रिसाउने व्यक्तिले अरूको मन र आत्मामा चोट त पु¥याउँछ नै साथसाथै आफ्नो मष्तिष्क एवं देहमा पनि ठूलो क्षति हुन जान्छ ।

Post a Comment

0 Comments