अहिलेको प्रतिष्पर्धात्मक युगमा चरम महत्वाकांक्षि वनि काम गर्ने प्रवृत्ति वढिरहेको छ । कतिपय सफल भएता पनि धेरैजसोले सफलता प्राप्त गर्न नसकेको अवस्था छ । यसबाट व्यक्तिहरूमा मानसिक तनाव बढेर जाने र त्यहि तनावको कारणले व्यक्ति मानसिक रोगको शिकार वन्ने गर्दछ । विश्वमा मानसिक रोगीहरूको संख्या वर्षैपिच्छे वढिरहेको छ । हाम्रो देशमा पनि मानसिक रोगीहरूको संख्या दिनानुदिन बढेर गएको छ । मानसिक रोगका लक्षणहरूको बारेमा अधिकांशलाई थाहा नभएको हुनाले लामो समय सम्म उपचार नगरि वस्दा पछि स्थिति अझ विग्रिसकेको हुने र त्यतिवेला उपचार गर्न ढिलो भैसकेको हुनाले धन खर्च र विरामीलाई थप समस्या मात्रै हुने गरेको देखिएको छ । नेपालमा केहि वर्ष अगाडि लिइएको च्बलमयmथि मबतब मा २० प्रतिशत जनसंख्यामा कुनै न कुनै मानसिक रोग रहेको छ । कोविड–१९ पछि मानसिक रोगहरूको संख्या निकै वृद्धि भएर गएको कुरा आत्महत्या गर्नेको संख्या वृद्धि भएर गएबाट स्पष्ट हुन्छ ।
मानसिक रोग छुट्याउने शारिरीक र मानसिक लक्षणहरू निम्न रहेका छन् ।
शारिरीक लक्षणहरूः शास फेर्न गाह्रो हुने, मुटु दुख्ने, रक्ताचाप वढ्ने, निन्द्रा लाग्न गाह्रो हुने, वारम्वार पिशाव लाग्ने, हातगोडा चिसा हुने र काम्ने, ढाडको र मांसपेशी दुख्ने, मुच्र्छापरिएला जस्तो भान हुने, पखाला लाग्ने वा कब्जियत हुने, खान रूचि नहुने ।
मानसिक लक्षणहरूः विनाकारण झगडा गर्न खोज्नु, स्मरणशक्ति घट्नु, चेतनाको स्तर घट्नु, सोचाई तथा वोलाइमा परिवर्तन, विचार र शक्ति घट्ने, नदेखेको–नसुनेको–स्पर्श नगरेको चिजलाई देख्नु–सुन्नु– र स्पर्श गरेको महसुस गर्नु, एक्लै वस्न रुचाउनु, तनावग्रस्त स्थितिसँग सामना गर्न नसक्नु, वढि क्रियाशिल हुनु वा माग्नु ।
0 Comments