नेपाल प्रकृतिले सुन्दरस्थल हो भनी सानो कक्षाका पुस्तकदेखी पढ्दै लेख्दै आइरहेता पनि स्वयं नेपालीले आफनो देशका प्राकृतिक स्थलहरुको महत्व पछिल्लो चरणमा आएर महसुस गर्न थालेका छन् । नेपालका कुनाकाप्चा गाँउ, पहाड, हिमाल,वन जंगल, नदी, झर्ना, तालतलैया विदेशीहरुले जति अवलोकन गरे तर यसको विपरित नेपालीहरुले उपेक्षा मात्रै गरिरहे । कस्तुरीले आफनो वीणाको सुगन्ध थाहा नपाई अन्यत्रै खोजीवन गर्न भौतारिए जस्तै नेपालीहरुले अरु देशको भ्रमण गर्नमा नै आनन्द मान्दै आए । विदेशीहरुले मनपराएका प्राकृतिक स्थलहरु नेपालीले भने उपेक्षा मात्रै गरिरहे । दशैँ तिहारको बेलामा बिदाको समय बिताउन आफनै देशका भ्रमणीय स्थलहरु हेर्नु भन्दा विदेशमै शयर गर्ने प्रवृति बढिरहेको छ । यदी कोरोनाको कहरको कारणले अन्तर्राष्ट्रिय उडान बन्द नभएको भए हजारौँ नेपाली विदेश शयरमा निस्कन्थे । विदेशी पर्यटकबाट आर्जित डलर भन्दा नेपाली विदेश भ्रमण गर्दा बढि डलर बाहिरिने गरेको तथ्याङक विगत वर्षहरुमा नआएको हैन । विदेशमा अध्ययनको लागि भनि बाहिरिने र भ्रमणको लागि जानेहरुले लग्ने डलर बढि मात्रामा हुने गरेको थियो ।
केही वर्ष यताबाट आफनै देशमा घुमफिर गर्ने प्रचलन निकै बढेर गएको छ । पछिल्लो पुस्ताका युवायुवती आन्तरिक पर्यटनमा रम्ने क्रम बढेर गएको छ । कास्कीका सिक्लेश, घान्द«ुक, मुगुको रारा ताल, चितवनको सौराहा, वर्दियाको राष्ट्रिय निकुन्ज, मुस्ताङ्गको मुक्तिनाथ, तनुहँको बन्दीपुर, गोर्खाको गोर्खा दरवार आदि स्थानहरुमा आन्तरिक पर्यटकहरुको घुइचो नै लाग्ने गरेको छ । लमजुङको घले गाँउ, स्याङ्गजाको शिरुवारी आन्तरिक एवं वाह्रय पर्यटकहरुले रुचाएका थप स्थलहरु हुन । पछिल्लो चरणमा आएर तनहुँको मानहँुकोट डाडाँ यो वर्षबाट आन्तरिक पर्यटकको रोजाइमा परेको छ । कोरोनाको महामारीको बेलामा हालै मानहुँकोटमा द«ुश्यावलोकनका लागि जाने आन्तरिक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । स्वास्थ्य सावधानिको कुनै ख्याल नगरी दैनिक हजारौँको संख्यामा ठेलमठेल भीड गरी जाँदा कोरोनाको संक्रमणको जोखिम उच्च हुने देखिन्छ । स्थानीय प्रशासनले पनि उक्त कुरामा उचित ध्यान दिएको देखिदैन । त्यहाँ जानेहरु मध्ये अधिकांश सामाजिक सञ्जाल बाट प्रभावित हुनेहरु रहेको बताइन्छ । अहिले त्यहाँ गाँउलेहरुले छाडेका पुराना थोत्रा घरहरु होटल र खाजा घरमा परिणत भएका छन् । कुनै बेला ५०० भन्दा बढि घरहरु रहेको मानहुँकोटमा बसाई सराइको कारणले अहिले ७ घरमा मात्र मानिस बस्दछन् ।
मानहुँकोट जस्तै अन्य थुप्रै पर्यटक घुमफिर गर्न लायक ठाउँहरु नेपालमा प्रसस्त मात्रामा छन् । जसको प्रचारप्रसार हुन नसक्दा स्वदेशी तथा विदेशी पर्यटकरु अनविज्ञ छन् । त्यसकारण यस्ता सुन्दर र रमणीय ठाउँहरुको खोज गरी त्यस ठाउँलाई पर्यटकीय स्थल बनाउन सके देश को लागि निकै फाईदाजनक हुने थियो ।


0 Comments