गुरु भक्ति र शिष्य सेवाको सन्दर्भमा उद्दालक मुनीको प्रसंग महत्वपूर्ण रहेको छ । उनी गुरुभक्ति एवं निष्ठाको लागि अति प्रसिद्ध थिए । गुरुसेवा मार्फत नै उनले वेद–वेदान्तको पूर्ण ज्ञान प्राप्त गरेका थिए । उनका छोराको नाम स्वेतकेतु थियो । स्वेतकेतु पनि पिता सरह पारगामी पंडित थिए । उद्दालककी सुजाता नामक छोरी थिईन् । उद्दालक संग व्रहम विद्या सिक्न अनेक ब्राहमण वालकहरू आउने गर्दथे र ति वालकहरू मध्ये कहोड गुरु सेवामा अति नै उत्कृष्ठ थिए । कहोडको गुरु भक्तिबाट प्रभावित भएर उद्दालकले उनलाई वेदशास्त्रको पूर्ण ज्ञान दिनुको साथै आफ्नी छोरी सुजाताको विवाह पनि उनैसँग गराइदिए । केही समय पश्चात् सुजाताका गर्भमा अग्नि समान तेजस्वी शिशुको प्रादुर्भाव भयो । एकदिन गर्भबाटै ति शिशुले आफ्ना पिताले रातदिन गर्दै रहेको वेदपाठ सम्यक रुपमा शुद्ध नभएको र शिष्यहरूले पनि वेद मन्त्रको अशुद्ध उच्चारण गर्दै आएकोले त्यसमा दोष गुरुकै रहेको भनि लोकले भन्दा संसारमा उपहासको पात्र बन्न सक्ने संभावना दर्साएका थिए ।
शिष्यलाई वरिपरी राखेर वसेका ऋषि कहोडलाई गर्भस्थ शिशुको वचन अपमानपूर्ण लाग्न गयो र रिसले उनी दुर्वासा जस्तै वन्न पुगी हदै सम्म वाङ्गो शरीरको वनेस् भनि श्राप दिए । वावुको श्रापले गर्भस्थ शिशु आठ ठाउँमा टेडा भए र जन्मेपछि उनको नाम अष्टावक्र राखियो । उता उददलक ऋषिलाई पनि सोहि दिन एउटा पुत्र लाभ भयो । उनको नाम श्वेतकेतु राखियो । यसरी मामा–भान्जाको जन्म एकैदिन भयो । अष्टवक्र गर्भस्थको वेलामा उनकी आमा सुजाताले आफ्ना पति कहोडसंग शिशु जन्मेपछि संस्कार गर्न आवश्यक पर्ने धन जहाँबाट हुन्छ प्रवन्ध गर्न अनुरोध गरेकी थिईन् । यसबाट के बुझिन्छ भने त्यतिवेला गुरुले आफ्ना शिष्यहरूलाई निशुल्क विद्या र ज्ञान प्रदान गर्दथे । अहिलेको जस्तो शिक्षा महंगो वा भारी मात्रामा शुल्क लिइने खालको हुन्थ्यो भने कहोडलाई आफ्ना छोराको संस्कारहरू गर्न पत्नी सुजाताले अनुरोध गर्नु पर्दैनथ्यो । त्यतिवेला विदेह नगरमा विदेहराज जनकको राज थियो । विदेहराज जनक दानशिलता र ज्ञानको लागि अति प्रसिद्ध थिए । राजा जनकको दरवारमा सैकडौं विद्वान जम्मा भएर व्राह्मणको बारेमा छलफल र चर्चा चल्दथ्यो । त्यसमध्येका वन्दी नामक एक महाविद्वान व्राह्मण त्यस दरवारमा रहन्थे । उनको विद्वता र पाण्डित्यको कारणले दरवारमा उनको धाक र रवाफ निकै रहेको थियो । एकदिन कहोड दरवारमा जाँदा वन्दीले शास्त्रार्थ गर्न कर गरे । शास्त्रार्थमा पराजित हुनेलाई पानीमा डुवाइने छ भन्ने शर्त पनि उनले राखे । त्यसभन्दा अगाडि कैयौ विद्वानहरू शास्त्रार्थमा पराजित भएको कारणले वन्दीद्वारा जलमा डुवाइएका थिए । शास्त्रार्थमा कहोड पराजित भए र शर्त अनुसार वन्दीले उनलाई पानीमा डुवाइदिए ।
छोराको सोधपुछबाट पति वियोगको पीडा भोगेकी सुजाताका आँखाबाट अश्रुधारा वहन लागे । उनले वन्दी सँगको शास्त्रार्थमा पराजित भै पानीमा डुवाइएकोले वावुको दर्शन गराउन नसकेको रोदन मिश्रीत वाक्यबाट जानकारी गराइन् । आमाबाट यस्तो सुनेपछि अष्टावक्रको मनमा तिव्र दोष उत्पन्न भयो र साथै प्रतिशोधको भावना पनि जागेर आयो । जनकको बारेमा सोधपुछ गर्दै उनको दरवार तर्फ लागे । साथमा स्वेतकेतु पनि गएका थिए । जनकपुर पुगेपछि यज्ञशाला तर्फ जान लागिरहेका बेलामा राजा जनको हात्तीमा सवारी चल्दै थियो । ति दुई वालक राजमार्गको वीच भागबाट निष्फिक्रिका साथ हिंडिरहेका थिए । राजसेवक वा कर्मचारीहरूले सडकको वीचमा नहिड्न उर्दि जारी गर्दा अष्टावक्रले निर्भिकतापूर्वक राजालाई भन्दा पहिला ब्राह्मणलाई मार्ग मिल्नुपर्दछ किनकी ब्राह्मण जन्मैबाट गुरु हुन् भने । वालकको सो भनाइलाई हात्तीको हौदामा वसेका राजाले सुनेर बालकको त्यस भनाइबाट उनी अति नै प्रभावित भए । अष्टावक्र र स्वेतकेतु यज्ञाशालाको द्वार निर पुगेका वेलामा द्वारपालले केवल वृद्धहरूले प्रवेश पाउने यज्ञशालामा वालकलाई प्रवेश गर्न वर्जित रहेको बताए । द्वारपालको त्यस्तो भनाई सुनेर अष्टावक्रले ओजस्वी पाराले शिरको कपाल फुल्दैमा कोही वृद्ध मानिदैन र सत्यको वोध छ भने वालक पनि यथार्थ वृद्ध मानिन्छ भने जवाफ दिए । पछि पछि आएका राजा जनकले त्यो सबै देख्दै र सुन्दै थिए । राजालाई देखेर अष्टावक्रले जनककै सामु दरवारमा निरन्तर व्रह्मको चर्चा हुँदोरहेछ, वन्दी नामक व्राह्मणसंग शास्त्रार्थ गर्दा एउटा शर्त जुन शास्त्रार्थमा पराजित हुनेलाई जलमा डुवाइदिने भन्नेछ सो आँफुलाई मान्य हुने जानकारी पनि गराए । जनकलाई अष्टावक्र वालक तत्वदर्शी भएको आभाष भयो र शास्त्रार्थको वातावरण मिलाए । शास्त्रार्थमा वन्दी हारे र शर्तको बारेमा छलफल भयो । परास्त हुनेलाई जलमा डुवाउन आँफुले नचाहेको तर त्यसको कारण भने अष्टावक्रले बन्दीलाई सोधे । वन्दीले आफु वरुणको पुत्र भएको र पिता वरुणले विभावरी पुरीमा एक विशेष यज्ञ गर्न लागेकोले पृथ्वीका श्रेष्ठ ज्ञानी ब्राह्मणको जलमा डुवाएर यज्ञ स्थलमा लैजाने गरेको बताए । जलमा डुवाएर मार्ने काम नगरेको र यज्ञ समाप्त भएपछि पुन फर्केर आउने बताए । केही समय वितेपछि जलमा डुवाइएका व्राह्मणहरू आ–आफ्ना घरमा आए ।
राजा जनक वास्तवमा पदवी थियो भनिन्छ । जनक नामक १९ पुस्ताले राज्य गरेकोले त्यो पदक हो भन्न सकिन्छ । कुनै वेला राजा निमिले यज्ञ गरिरहेका थिए । उनका गुरु वशिष्ट थिए । वशिष्ठलाई यज्ञ सम्पन्न गराउन तिमीले अनुरोध गर्दा वशिष्ठले आँफुले अर्काे यजमानकहाँ यज्ञ गराउने वचन दिएकोले त्यसपछि मात्र निमिको यज्ञ सम्पन्न गर्ने वताए । तर निमिले शुभस्य शिघं्र, जीवनको के भरोसा छ र भनि अर्कै ब्राह्मण मार्फत यज्ञ गराउन लागे । वशिष्ठले आँफुलाई छाडेर अरुलाई वरण गरेकोमा निमी प्रति दोष प्रकट गर्दे तुरुन्तै मृत्यु भै जावस् भनि श्राप दिए । शिष्यको रुपमा रहेका निमीले पनि दक्षिणाको लोभमा परी श्राप दिने गुरु वशिष्ठलाई पनि मृत्यु भै जावस् भनि श्राप दिए । गुरु–शिष्य दुवैको एकैसाथ मृत्यु भयो । मित्रा वरुणीको तेजले वशिष्ठले पुन जन्म लिए निमी राजाले यज्ञस्थलमा श्रापको कारणले मृत्यु वरण गरेपछि उपस्थित ऋषिमुनिको वीचमा हाहाकार मच्चियो । त्यहाँ आ–आफ्नो भाग लिन उपस्थित देवताहरूलाई ऋषि मुनिहरूले कल्याण गरिदिन अनुरोध गरे । देवताहरूले निमीलाई जीवित गर्नको लागि पहिले आत्मालाई वोलाए । तर उक्त आत्माले आँफुले विराट स्थान ग्रहण गरिसकेकोले शरीरमा प्रवेश गरी संकुचित आकार गर्न इन्कार गरिदियो । त्यसपछि निमीको शरीरको मन्थन गरियो जसबाट एक कुमारको जन्म भयो । शरीरबाट जन्म भएको हुनाले त्यसको नाम जनक राखियो । मथेर प्रकट भएकोले मिथिला भयो । पछि ति कुमारले मिथिला नगरी बनाए ।
Writer/Padam Regmi
Pokhara, Nepal

0 Comments