बहुआयामिक व्यक्तित्व– तारानाथ पाखे

वि.सं. २०३९/४० साल तिर मैले श्रद्धेय तारा पाखे दाइलाई चिनेको हुँ । जुनवेला अमरसिंह स्कुलमा उनी पढाउथे । उनकै  प्रेरणास्वरुप विद्यालयमा मैले पुरस्कार स्थापना गरेको थिएँ । विद्यालय हातामा सरस्वती मन्दिर बनाउने प्रसङ्ग चल्दा स्व. रत्नदेवी विजुक्छे संग भेट गराइएको हिजो जस्तै लाग्छ । जसले विद्यालय हातामा सरस्वती मन्दिर बनाइदिए । वि.सं. ०४० साल बैसाक ८ गते पोखराको रामबजारमा बृहत हिन्दु सम्मेलन भएको थियो । सचिवको जिम्मेवारी उनले पाएका थिए । त्यो सम्मेलनमा विश्व हिन्दु महासंघका तत्कालिन अध्यक्ष पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल लगायत धेरै विद्वानहरु पोखरा आएका थिए । यसै क्रममा पाखे सरसँग मेरो निकटता बढेको थियो । वि.सं. ०४६/०४७ तिर सनातन धर्म सेवा समिति कास्कीमा पाखे दाइ अध्यक्ष र म सचिव भएर सेवा गर्ने मौका जु¥यो । 

समग्रमा म उनलाई धार्मिक व्यक्तित्व, लेखक भन्दा पनि सामाजिक अभियन्ता भन्न रुचाउँछु । उनी जुनियर रेडक्रस सोसाइटी गठन गरी त्यस मार्फत छात्रछात्राहरुलाई सामाजिक कार्य गर्न सिकाउँथे ०४० साल तिर । हक्की, निडर र निस्वार्थी स्वभावका पाखेका बोलीमा खरोपन भेटिन्छ ।

पाखे सरको विशेष योगदानको प्रसङ्ग चलाउनु पर्दा पोखरा १५ कोलपाटनको सार्वजनिक जग्गा लाई कसैले निजी बनाई लालपूर्जा लिईसकेको थाहा पाई सर्बोच्च अदालतबाट बदर गराउन उनी सफल भए । अदालतबाट नजिर कायम गरी लालपुर्जा बनिसकेको जग्गालाई सार्वजनिक गर्नु ठूलै उपलब्धि या समाजसेवा हो जस्तो लाग्छ । अहिलेका धेरै समाजसेवीले पाखेसँग सिक्नुपर्ने असली गुण या शिक्षा हो । जस्ले आफ्ना व्यक्तिगत स्वार्थलाई विर्सेर समाजको हितलाई सर्वोच्च ठाने ।

 सामाजिक सेवाकोे प्रसंग चलाउनु पर्दा भारतका समाजवादी आन्दोलनका अगुवा राममनोहर लोहियाका कट्टर समर्थक तारा पाखेले ज्ञानज्योति पुस्तकालय २०२४, नेपाली कांग्रेस वडा नं. १५ गठनमा सक्रिय भूमिका र पोखरा वृद्धाश्रमको परिकल्पना एवं संस्थापन गर्नु पनि ठूलो उपलब्धिको रुपमा मूल्याङ्कन रुपमा लिनु पर्ने हुन्छ । पाखेका अर्को पक्ष साहित्यिक फाँट हो । संस्कृतका विद्यार्थी भएकाले पाखेले कविता, निवन्ध, स्मरात्मक लेख, जीवनी आदि विद्यामा २ दर्जन भन्दा बढी पुस्तक लेखेका छन् । 

पाखे सर प्रजातन्त्रप्रेमी, विशेष गरी नेपाली काँग्रेसका कार्यक्रमहरूमा सक्रिय सहभागी हुने गर्दछन् । कालो भादगाउँले टोपी र छातीको कोटमा लगाइने फूलका गुच्छाले सँधै सजिने उनको अलग्गै विशेषता छ । वि.सं. २०३६ सालको आन्दोलनमा कविताहरू मार्फत प्रजातन्त्रको पुनस्र्थापनाका स्वरहरू उठाउने पाखे सरको ‘यहाँको माटो यस्तै छ’ शीर्षकको कविता वाचन गर्दै हिँडेको हिजै जस्तो लाग्छ । वि.सं. २०४६ को जनआन्दोलन होस् वा २०४२ सालको सत्याग्रह वा २०६२।६३ को आन्दोलन होस् उनी सधैँ प्रजातन्त्रको पक्षमा अडिग भएर  प्रजातन्त्र प्रतिको बलियो आस्था प्रकट गर्ने गरेका छन् पाखेले । 

भद्रकाली मा.वि. कुँडहरमा शिक्षकको रूपमा कार्यरत हुँदा त्यतिबेला प्रजातन्त्रवादीहरूको बहुमत विद्यालयमा थियो । पूर्व सभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री दिनबन्धु अर्याल, सह–प्राध्यापक टिकाराम कोइराला लगायतले उक्त विद्यालयमा प्र.अ. भएर काम गरेका थिए । पाखे सर त्यसपछि अमरसिंह स्कुलमा सरुवा भए । 

वि.सं. २०६२।६३ को आन्दोलन पूर्व तत्कालीन माआोवदी समर्थक क्रान्तिकारी विद्यार्थीहरूले अनिश्चितकालीन रूपमा शिक्षण संस्थाहरू बन्द गर्ने उद्घोष गरे । विभिन्न चरणमा बैठकहरू बसे । अन्त्यमा आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गर्ने टोली गठन भयो जसमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष ध्रुव के.सी., शिक्षक युनियन कास्कीका अध्यक्ष दिपक पौडेल, प्याब्सन जिल्ला सचिव चिनु रानाभाट, अभिभावक संघका अध्यक्ष तारानाथ पाखे थिए । वार्ता अत्यन्त गोप्य रूपमा गर्नुपर्ने थियो । किनभने एकातिर माओवादी लडाकु थिए भने अर्काेतिर नेपाली सेना ! गोप्यता भङ्ग भएमा दुवैतर्फबाट भौतिक कारवाही हुने डर त्रास । वार्ता गर्ने मिति तोकियो, स्थान तोकिएको थिएन । वार्ता गर्नु अगाडि १ घण्टा पहिले स्थान निश्चित गर्ने सहमति भएको थियो, दुवै पक्षको । पाखेले सेनाको उच्च अधिकारीसँग वार्ता गरी समस्यालाई सहजतापूर्वक हल गर्ने प्रयास गरे । लोभ, मोह, लालचबाट सधैँ टाढा रहन रुचाउने पाखे सरल जीवनयापन गर्न रुचाउने व्यक्ति हुन् । पाखेहरूले नक्कल झक्कल जान्दैनन्, मौलिकतामा अडिग हुन्छन् । यही सिधासाधा, गाउँपाखामा बस्ने, दुरदराजमा रहने, स्वाभिमानी र परिश्रमी जनतालाई केही मुठ्ठीभर सुकिला–मुकिला, कथित शहरिया, कथित पठित मानिसले गर्ने दुव्र्यवहार विरुद्ध खरो रूपमा प्रस्तुत भई ‘पाखे’ शब्दको ओज कायम गर्न डटिरहेका छन् तारा ‘पाखे’ । तारा ‘पाखे’ जस्तो शिक्षित, भद्र र सरस्वतीको वरद पुत्रलाई सम्बोधन गर्दा “पाखेजी ? भन्न बाध्य छन् तथाकथित सुकिला मुकिलाहरू ।

पाखे सरको वास्तविक नाम हो– तारानाथ गौतम र घर पोखरा–१५, ढुङ्गासाँघु । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका पूर्व उप–सभापति बरिष्ठ समाजसेवी टंकमान नापित तारा पाखेका संबन्धमा यसो भन्दछन्– ने.रे.सो. कास्की शाखाको ०२२ मा स्थापना भए पश्चात् प्रशासनको कुदृष्टि परि सुषुप्त अवस्थामा पुगेकोमा वि.सं. ०३९ सालमा फेरि स्थानीय प्रशासनको कोठाबाट पो.न.पा. वडा नं. ८ को आफ्नै भवनमा ल्याएपटि ०३९÷४० सालतिर ने.रे.सो. को आजिव सदस्य मेरो सिफारिसमा बनाउँदा मलाई दरो, खरो, प्रष्ट वक्ता, निडर व्यक्तित्व फेला परेको अनुभव छ । ताराजीलाई सदस्यता दिई अगाडि बढाइएकोमा तत्कालीन प्र.जि.अ. सूर्यबहादुर सेन वलीले ‘पाखेलाई किन सदस्य बनाएको भन्ने खप्की मैले खानु परेको थियो । पाखेको रेडक्रसमा भएको अतुलनीय योगदानको म उच्च मुल्याङ्कन गर्दछु । 

उनले थुप्रै पुस्तक प्रकाशन गरेका छन् । जो यसप्रकार छन्– पाखेको आह्वान – ०३४ ड्युना र उनको परिवेशमा डुबुल्की मार्दा समीक्षात्मक लघु पुस्तिका, ०४६ पूर्वीय चिन्तनमा राजमुकुट (राजधर्म सं.नि.सं.), ०५३ अन्नपूर्ण यात्रा–नियात्रा, ०५४, श्री शुक्लागण्डकी माहात्म्य–अनु– ०५४,पाखे रमिता व्य.क.स., ०५२, गौतम चर्चा, अत्रिगोत्रीय गौ. सम्बन्धी नि.सं., ०५९, कोलपाटनको यथार्थता – सार्वजनिक जग्गा संरक्षण प्रतिवेदन, प्रजातन्त्रका वलीवेदीमा – सं.नि.सं., ०५८, पाखेको फर्मान – व्य.क.सं. गगन रा.दै. मा प्रकाशित, ०५८, सिंह गर्जना – क.सं., ०६१, बाउन्न घुस्सा त्रिपन्न ठक्कर – सं.नि.सं., ०६३, साँडेसमाजमा कविता – क.सं., ०६३, भयावह शुखान्त क्षणहरू – सं.नि.स., ०६६, भद्भूत रामायण अनु – शास्त्रीय भजन, ०६७, अल्झिएका भाव चेतना – समालोचना, ०६९, श्रीमद् भागवत द्वितीय स्कन्ध अध्याय ७, अनु – ०७०, कालरात्रीका दीपशिखा – भेटवार्ता÷इतिहास, ०७१, आर्तत्राणनारायणाष्ठादशकम् (श्री आ.शं.वि. स्तोत्र) अनु. ०७२, म्याग्दीको संझनामा – सं.नि. ०७३, श्री राम हृदयम्, ध्याल रामायण अनु. ००५, श्री श्रीमद्भागवत द्वितीय स्कन्ध ०७५, तारा “पाखे” को व्यक्तित्व र कृतित्व – उप.प्रा. नारायण चापागाईं, तारा पाखेका कविताको अध्ययन र विश्लेषण शि. रामबहादुर रिमाल क्षेत्री ।

समाजसेवी तारानाथ पाखे निम्नलिखित संस्थाहरुमा आजीवन सदस्य पनि छन्–  ने.रे.सो. कास्की, सनातन धर्म सेवा समिति केन्द्र, पोखरा, सार्वजनिक पुस्तकालय पोखरा, गीताञ्जली सा. परिवार पोखरा–१, प्रथम सदस्य, तत्वदर्शन पुस्तकालय, समाज कल्याण समिति, कोलपाटन, लक्ष्मी नारायण मन्दिर, कोलपाटन, नानी शुक स्मृति प्रतिष्ठान, पोखरा, पं. मुक्तिनाथ स्मृति प्रतिष्ठान, पोखरा, पो.पु.साँ.प., पोखरा, वी.पी. स्मृति पुस्तकालय, पोखरा (प्रथम आजीवन सदस्य), ज्ञानज्योति पुस्तकालय, रामबजार वरिष्ठ आ.स., डिट्ठा श्रीप्रसाद स्मृति प्रतिष्ठान, गीता अध्ययन मडल, पोखरा, अरय ज्योति पुस्तकालय, कुँडहर, निवृत्त शिक्षक समुदाय, कास्की, ज्ञानज्योति अध्ययन सामुदायिक केन्द्र, रामबजार, वी.पी. स्मृति प्रतिष्ठान, १५, दिव्यज्योति क्लब–१५, अभिभावक सङ्घ नेपाल, कास्की, गौतम भातृ समाज केन्द्रीय सदस्य, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरा । 

त्यसैगरी पाखेले विभिन्न संघ संस्थाबाट थुपै्र मानपदवी र सम्मान पाएका छन् । जो यसप्रकार छ– ने.जु.रे.स. रजत पदक– केन्द्र, ने.जु.रे. स्वर्ण महोत्सव सेवा पदक– केन्द्र, ने.रे.सो. कास्की स्वर्ण महोत्सव सेवा पदक, थैली भेट सहित, श्री ५ वीरेन्द्र गद्दी आरोहण पदक, श्री गीताञ्जली साहित्य रत्न, थैली भेट, सम्मान–पत्र सहित, श्री जनप्रिय व.क्या. विद्यार्थी क.का. समिति सम्मान, अमरसिंह मा.वि. सम्मान– २ पटक नगदसहित – १, भद्रकाली मा.वि. सम्मान– २ पटक, सिद्ध मा.वि. सम्मान, शिक्षा शाखा कास्की– सम्मान नगदसहित– २ पटक, नेपाल सरकार शि.म. प्रशंसा पत्र, गलेश्वर शिवालय समिति– सम्मान, सञ्चय सहकारी– सम्मान, ने.रे.सो. १०–११ सम्मान ०६२–७५ (दुई पटक), पोखरा वृद्धाश्रम – सम्मान, सनातन धर्म सेवा समिति – सम्मान, नेपाली लेखक सङ्घ कास्की श्रष्टा साक्षात्कार कार्यव्रmम, ०७१ द्वारा सम्मानित, छैटौँ पुस्तकालय दिवस समारोह समन्वय समिति कास्कीद्वारा सम्मानित, म्याग्दीमा विभिन्न विद्यालय लगायत रेडव्रmस शाखाबाट प्रशंसित अभिनन्दित, नेपाली लेखक सङ्घ तनहुँद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय श्रष्टा सम्मान तथा काव्योत्सव समारोहमा थैली भेट, सम्मान पत्रद्वारा सम्मानित, सम्मान पत्र– श्री तत्वदर्शन पुस्तकालय लेखनाथ ।

वि.सं. २००० मार्ग १०, बाला चतुर्दशीका दिन पिता पं. तारापति गौतम र माता जयन्तीको कोखबाट उनको जन्म भएको थियो । उनको  सत्यदेवी सँग वैवाहिक सम्बन्ध भएको थियो भने गौतम दम्पत्तीका ३ सुपुत्री र १ सुपुत्र छन् ।

उनी निम्नलिखित संस्थामा संस्थापक छन्– गण्डकी छात्र समिति, काठमाडौँ, सांस्कृतिक सचिव–०२३, गण्डकी छा.स. मुखपत्र विवेक विन्दु–०२३, ज्ञानज्योति पुस्तकालय, रामबजार, पोखरा सभापति–०२४, अलिमिया लोक वाङ्मय प्रतिष्ठान, पोखरा सचिव, तिाञ्जली साहित्य परिवार, रामघाट, पोखरा, प्रथम भेला सभापति, सल्लाहकार, प्रथम आजीवन सदस्य– संरक्षक, पोखरा वृद्धाश्रम, सीतापाइला, परिकल्पनाकार, संस्थापक सदस्य, अभिभावक सङ्घ नेपाल, कास्की शाखा सभापति, अभिभावक सङ्घ नेपाल, पश्चिमाञ्चल क्षेत्रीय संयोजक, विन्ध्यवासिनी संस्कृत विद्यापीठ– सचिव, भद्रकाली उच्च मा.वि. (कक्षा ११–१२), भद्रकाली उच्च मा.वि., युवा रेडव्रmस– सल्लाहकार,ने.रे.सो. उपशाखा १०–१५– सचिव, ने.रे.सो. उपशाखा १५– सदस्य, सं.मा.वि. राष्ट्रिय परिषद् दुराडाँडा– सदस्य, डिट्ठा प्रसाद स्मृति प्रतिष्ठान– सचिव, नानी शुक स्मृति प्रतिष्ठान संस्थापक अध्यक्ष ।

समाजसेवी पाखेले निम्नलिखित संस्थाको नेतृत्व समेत गरेका थिए– ने.जु.रे.सं. मा.वि. पोखरा–संरक्षक, रानीपोखरी संस्कृत छात्रावास छात्र कार्यसमिति– सभापति– वि.सं. २०२३, सनातन धर्म सेवा समिति, कास्की – सभापति, अलिमिया लोकवाङ्मय प्रतिष्ठान, पोखरा – उपाध्यक्ष, ने.रे.सो. जुनियर÷युवा उप–समिति, कास्की– संयोजक, भद्रकाली उ.मा.वि. स्मारिका प्र. उप–समिति, कास्की – संयोजक  ज्ञानज्योति भवन निर्माण सल्लाहकार समिति– संयोजक, ने.रे.सो. भवन निर्माण समिति–१५– संयोजक, पूर्व सदस्य–  नेपाली काँग्रेस पृ.पो.स., कास्की, संस्थापक– नेपाली काँग्रेस पो.म.न.पा.–१५, संरक्षक– अन्नपूर्ण सफाइ कार्यव्रmम ने.जु.रे. युवा केन्द्रिय समिति हो भने निम्नलिखित संस्थामा उनले सचिवको भूमिका निर्वाह गरेका थिए– नेपाल राजकीय संस्कृत महाविद्यालय छात्र कार्यसमिति, अलिमिया लोक वाङ्मय प्रतिष्ठान पोखरा, बाग्मती अञ्चल स्तरीय बृहत कविगोष्ठी, काठमाडौँ, गण्डकी अञ्चल स्तरीय बृहद कविगोष्ठी, पोखरा, वृहद हिन्दू सम्मेलन, ०४० रामबजार, पोखरा, सेती पूर्व न.पं. बहुदल प्रचार समिति, पोखरा, ने.रेसो. कास्की, उपमन्त्री, विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पोखरा ।


पुस्तकको नामः व्यक्ति र व्यक्तित्व

लेखकको नामः रवीन्द्र माकाजू

ठेगानाः मालेपाटन, पोखरा

फोनः ९८१७१०७६२५

प्रकाशनः २०७७ आषाढ

पुस्तक डिजाइनः कृष्ण कम्प्युटर

(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 

धन्यवाद !!! 

Post a Comment

0 Comments