पोखरा–१, मोहरियाटोल निवासी जवाहरलाल श्रेष्ठ समाजसेवी एवं आध्यात्मिक व्यक्तित्वका रुपमा चिरपरिचित छन् । वि.सं. १९९९ साल पौष १८ गते शनिवार सफला एकादशीका दिन पिता श्यामप्रसाद श्रेष्ठ र (माता लक्ष्मीदेवीको कोखबाट पोखराको मोहरियाटोलमा छैठौं पुत्र) रत्नको रुपमा जन्मनुभएको थियो । संधै भगवानमा विश्वास गर्ने जवाहरलालजीको शुरुको पढाइ संस्कृत प्रधान पाठशालामा भएको थियो भने पछि उनले पृथ्वीनारायण कलेजमा आई.ए. सम्म पढ्ने सुअवसर पाए । उनी जन्मने बेलामा घरको परिवारलाई चिट्टा परेको थियो । उनका माता पिताको विश्वास थियो यी जवाहरलाल अवश्य भाग्यमानी हुुनुपर्छ ।
वि.सं. २०१९ सालमा काठमाण्डौमा पिता श्यामप्रसादको स्वास्थपचार हुँदै गर्दा देहावसान भएको थियो । पशुपतिको आर्यघाटमा मृत्युसंस्कार गर्दै गर्दा एकजना जोगीले उनका माईला दाजु कृष्णप्रसाद श्रेष्ठलाई त्यसबेला भनेका थिए रे– यी मृतकका सातौं सुपत्र आध्यात्मिक स्वभावका हुनेछन् । यो कुरा आफ्ना दाजु कृष्णप्रसादले सँधै स्मरण गर्ने गरेको घटना सुनाउनुहुन्थ्यो ।
हुने विरुवाको चिल्लो पात भने झैं श्रद्धेय काका जवाहरलाल सानै उमेरदेखि आध्यात्मिक र सात्विक स्वभावका हुँदा भजनकीर्तन, प्रवचन भएको ठाउँमा जाने गर्नुहुन्थ्यो । सबैसँग मिल्ने सरल स्वभावका भएकाले साथीभाइ, इष्टमित्र, टोल छिमेक सबैले मन पराउँथे । तन मन धनले सबैलाई सहयोग गर्नेे सहयोगात्मक भावनालाई श्रेष्ठले जीवनभर धारणा गरे । बिन्दुवासिनी माताका परमभक्त जवाहरलालले भाउजू शान्तिदेवी श्रेष्ठ (सन्तोष श्रेष्ठको ममतामयी माता) को पुण्यस्मृतिमा २०२८ सालमा विन्दुवासिनी मन्दिरमा स्वागतद्वार बनाई दिए । ०५९ सालमा विन्ध्यवासिनीको सिंढी चाक्लो बनाएपछि भाइ र भतिजाहरुसंग मिलेर पुननिर्माण गरिएको स्वागतद्वारलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको श्रेष्ठ बताउँछन् ।
सानै उमेरबाटै मन्दिरमा कुचो लगाउने, झार उखेल्ने र माताको मन्दिर उज्यालो होस् भन्नाको खातिर पालामा तोरीको तेल राखेर बत्ती बाल्ने गर्दथे । पोखरामा बत्ती आएपछि नीजी खर्चमा मन्दिर परिसरको पोलबाट तानेर समाजसेवी श्रेष्ठले मन्दिर परिसरलाई उज्यालो पारिदिए । यो क्रम १५ बर्षसम्म पछि नगरयोजनाले विन्ध्यवासिनी मन्दिरको हातामा विद्युत लाईन जोडिदियो ।
श्रेष्ठको जीवनमा कहिल्यै नविर्सने एउटा घटना घट्यो । पोखरा नगर योजनाद्वारा विन्दवासिनी मन्दिरको पार्क बनाइसकेपछि केही वर्षमा लाइनहरु ठाउँ ठाउँमा सर्ट भएर पड्ने भएपछि त्यतिबेलाका योजना प्रमुख श्रेष्ठ विन्दवासिनी मन्दिर गइरहेको वखत सिंढीमा पदमबहादुर सँग भेट गरी गुनासो गर्नुभयो । उहाँको साथमा आउनुभएको सहाय खत्रीसँग ट्रान्सफर्मर बेला–बेलामा पड्कने यथार्थता पोख्दै श्रेष्ठले भने– पदमबहादुर सर यहाँले बिद्युत विभागलाई भनिदिनुभयो भने अवश्य यो काम हुन्छ । पदमबहादुर खत्रीसँग आउने मान्छे सहायक अञ्चलाधिश र सि.डि.यो. रहेछन् । सहायक अञ्चलाधिशले श्रेष्ठलाई तँ को होस् भनेर सोधे ? श्रेष्ठले म यसै टोलको व्यापारी हुँ भने । श्रेष्ठलाई उनले म सहायक अञ्चलाधीश हुँ तिमीलाई मेरो अफिसमा बोलाउँछु आउनु भने । नभन्दै श्रेष्ठको नाउँमा उपस्थित हुने पत्र आयो । पत्र बुझेको ३/४ दिनपछि सि.डि.ओ. अफिस पुगेँ । सि.डि.ओ. ले मलाई विहान १० बजेदेखि ५ बजेसम्म उपस्थित गर्ने गराउने गर्नुभयो । १०/१२ दिन सम्म श्रेष्ठलाई अनावश्यक दुःख दिए । सो दुःख दिएवापत सि.डि.ओ. र अञ्चलाधिशलाई दुर्गम ठाउँमा सरुवा गरिदिए ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको लगन, परिश्रम र सेवाका कारण विन्ध्यवासिनी क्षेत्रले मुहार फेरिएको छ । पोखराको गहना विन्दुवासिनी मन्दिरले अहिले पर्यटन केन्द्रको रूपमा विकास गरेको छ । प्रायः मन्दिरमा स्वदेशी तथा विदेशी पाहुनाहरू दर्शनका लागि आउने गरेकामा श्रेष्ठ हर्षित छन् । आध्यात्मिक, सांस्कृतिक केन्द्र विन्दुवासिनी माताप्रति गहिरो आस्था र अपार श्रद्धा व्यक्त गर्दै श्रेष्ठ भन्दछन्– विन्दुवासिनी मातामा श्रद्धा र विश्वास गर्नेहरूको भलो नै हुन्छ । उनको योगदानको कदर स्वरूप सनातन धर्म सेवा समिति कास्कीले पनि ०६९ मा उहाँको आध्यात्मिक सेवाको उच्च मूल्याङकन गर्दै अभिनन्दन समेत गरेको थियो । श्रेष्ठ ०४३ सालदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको कार्यसमितमा २२ बर्ष काम गर्नुभयो भने हालसम्म पनि सल्लाहकारमा हुनुहुन्छ । त्यस्तै विभिन्न संघ संस्थाले पनि श्रेष्ठको योगदानको कदर गरेका छन् ।
टोल हितका लागि सधैं दत्तचित्त धार्मिक स्वभावका मिलनसार व्यक्तित्वका धनी श्रेष्ठले पोखरामा पछिल्लो पटक २०५९ सालमा प्रदर्शन गरिएको बाघजात्राको संयोजक भएर काम गरे । धेरै बर्षदेखि लोप हुन लागेको वाघजात्राको संयोजक बन्ने कार्य कम दुःखदायी र चुनौतिपूर्ण थिएन । उनले सम्पूर्ण पोखराबासीहरुको सहयोग लिएर सो जात्रा सम्पन्न गराउनुभयो । २०५९ सालपछि पोखरामा बाघजात्राको प्रदर्शन हुन सकेको छैन । पोखराको प्रसिद्ध भैरव नृत्यलाई परिवारको तर्फबाट इन्धन उपलब्ध गराउँदै आइरहेकोमा पछिल्लो पटक इमर्जेन्सी लाइट प्रदान गरी धर्मसंस्कृतिको क्षेत्रमा ठूलो गुन लगाए ।
पोखरा–१ सिम्पानी स्थित गाईघाट क्षेत्र विकास समितिको अध्यक्ष हुँदा श्रेष्ठले माता काली भगवती र हनुमान मन्दिरको नित्य पूजा सञ्चालन र आवश्यक सेवा कार्यको लागि ४ लाखको अक्षयकोष स्थापनामा अग्रणी भूमिका खेले । त्यस्तै उनको कार्यकालमा श्री सिद्ध बाबाको मन्दिर, गाईघाटमा १०८ धारा राख्नको लागि वरिष्ठ उद्योगपति गणेशबहादुर श्रेष्ठ जीले ८ लाख भन्दा बढि सहयोग गनुृभयो र अन्य व्यापारीहरुसंग पनि १ लाग जति सहयोग उठाएर सहयोग गर्नुभयो, स्वामी तपानन्दको आश्रम, दाउरा राख्ने सेड (घर) निर्माण को लागि जग्गा उपलब्ध गराउनुभयो । उनले सो पवित्र कार्यको लागि करिब ९ लाख रुपैँया चन्दा संकलन गरे । त्यस्तै लक्ष्मी हाउसका प्रोपाइटर गणेशबहादुर श्रेष्ठले ८ लाख भन्दा बढी रकम खर्चेर निर्माण कार्यमा हात बढाए । त्यहाँ हनुमानको प्रतिमा निर्माण र उल्लेरी मगर समाजलाई भजन घर निर्माण गर्न जग्गा उपलब्ध समेत गराए । गाईघाट क्षेत्रमा अहिले व्यवस्थित दाउरा राख्ने गोदाम निर्माण भएको छ । उनले भगवतीको मन्दिरको नित्य पूजाआजाका लागि करिव ४ लाख अक्षयकोष स्थापना गर्न महत्वपूर्ण भूमिका खेले । हाल उनी सो समितिमा सल्लाहकार छन् । श्रेष्ठ जुनजुन संस्थामा लागे, जुनजुन पद पाए त्यसलाई श्रद्धा र लगनशिलतापूर्वक निर्वाह गरे । उनले कहिलेपनि पद र प्रतिष्ठाका लागि मरिहत्ते गरेनन् । गाईघाट क्षेत्रमा समाजलाई भजनकीर्तन घर र सुमित्रा सुवेदीलाई धर्मशाला बनाउन हौसला एवं जग्गा प्रदान गरे । श्रेष्ठको कार्यकालमा गाईघाट क्षेत्रले विकास निर्माणमा ठूलो फड्को मा¥यो । आत्मज्ञान प्रचारक संघ विन्दुवासिनी केन्द्रको जग्गा खरिद र भवन निर्माणमा संयोजक भएर श्रेष्ठले सेवा पु¥याए । यस कार्यका लागि साथी भाइहरुले दिल खोलेर सहयोग गरे । सो भवन र जग्गाको मूल्य अहिले ५० औं लाख पर्दछ । श्रेष्ठले विन्दवासिनी मन्दिरको हातामा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको लागि सुरुमै एक लाख पच्चीस हजार दान दिए । प्राकृतिक चिकित्सालय बनाउनको लागि २ लाखभन्दा बढी सहयोग गरेका छन् । धारापानी मार्गमा क्रियापुत्री भवन बनाउन लागी परे । सबैसंग अर्थ संकलन गरेर करिव १० लाखको लागतमा क्रियापुत्री भवन बनाए । त्यस्तै रामरत्न श्रेष्ठ परिवारको नायो भएको नाताले नेवा छें भीमसेन टोलमा पिता श्यामप्रसाद र माताहरु लक्ष्मीदेवी र मायाँदेवीको सँझनामा फलैंचा (पाटी) बनाई हस्तान्तरण गरिदिए । अहिले संस्कृत माध्यामिक विद्यालय भीमकाली पाटनमा शिव मन्दिरको निर्माण र बटुकहरुको भोजनकोे लागि अक्षयकोष राखिदिएका छन् । सो मन्दिर निर्माण समितिका उपाध्यक्ष श्रेष्ठलेशिव मन्दिरमा गजुर दान गर्ने घोषणा गरेका छन् ।
संगीत प्रशिक्षण केन्द्रको संस्थापक कोषाध्यक्ष एवं हाल सल्लाकहार श्रेष्ठले संगीत प्रशिक्षण केन्द्रको भवन बनाउन सक्रियतापूर्वक लागे । उनले समितिलाई सक्रिय बनाउन सक्रिय पदाधिकारी एवं सदस्यहरुमध्ये उत्कृष्ट छनोट गरी जवाहर लक्ष्मी सम्मान पुरसकार स्थापना गरे । उनले बालगोपाल भजन गुठीको दुईतले भवन निर्माणका लागि स्थानीय र टोलछिमेकी आफन्तसँग हारगुहार गरेर निर्माण कार्य सम्पन्न गरे । त्यस्तै २०५६ सालमा विन्ध्यवासिनी विराट महायज्ञमा भोजन प्रसाद वितरण समितिको संयोजक भएर पोखरेलीहरूको सेवा गर्ने सु–अवसर पाए ।
हरेक वर्ष टोलबाट निस्कने गाईजात्रा नृत्यका लागि सक्रिय श्रेष्ठले नेपाल र भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्नुका साथै जापान, थाइल्याण्ड, हङकङ, अमेरिका भ्रमण गर्ने शौभाग्य पाएका छन् ।
०१७ सालमा उनलाई टाइपराइटर चलाउने इच्छा जाग्यो । त्यसबखत मित्र तीर्थ रञ्जितले टाइपराइटरमा जागीर खान्छौ भनेर सोधे । श्रेष्ठले हुन्छ भन्नासाथ भोलीपल्टै नियुक्ती पाए । त्यसबेला उनको तलब मासिक रु ७५ थियो । पछि उनले सुपरभाइजरमा जागिर पाएर कुश्मा पुगे । त्यसबेला यातायातको कुनै सुविधा थिएन । जहाँ पनि हिडेर पुग्नुपथ्र्यो । उनले त्यहाँ १९ देखि २१ सालसम्म २ बर्ष पर्वत जिल्लामा विताए । भिरपाखाका बाटाहरु अत्यन्त डरलाग्दा थिए । खोलानालामा पुल हुन्थेन । नदी तरेर जानुपथ्र्यो । पुल भएपनि अत्यन्त कमजोर र डरलाग्दा हुन्थे । बाटामा हिंड्दै गर्दा एकपटक उनी मुर्कट्टाको छायाँमा परेर अचेत भए । उनी सम्झन्छन्– सायद म माथि भगवानको कृपा भएको हुनुपर्छ । कताकताबाट एउटा झाँक्री आएछ र १÷२ घण्टा झारफुक गरेर मलाई बचाए । जागिरको शिलशिलामा ४÷७ वटा जिल्ला घुम्ने अवसर पाए । केही साथीहरुले सुतिरहेको अवस्थामा मुखमा रक्सी हालिदिएपछि रिसाएर जागिर छोडेर घर आए । त्यसबेला उनले जागिर खाएकोमा पिताले निकै खुसी मानेको प्रसंग सुनाए । त्यसबेला जागिर खाने मान्छेलाई ठूलो मान्छे भनिन्थ्यो । जागिरको शिलशिलामा उनले पार्दी बाँधको सिंचाई कार्यालयमा जागिर खान पुगे । उनलाई स्टोर किरपरको जिम्मेवारी दिइएको थियो । उनलो चाहेको भए बदमाशी गरेर राम्रै पैसा कमाउन सक्थे तर उनले कहिल्यैपनि ईमान्दारितालाई बेचेनन् । र आजसम्म पनि इमान्दारितालाई मित्र बनाएका छन् । श्रेष्ठसँगका साथीहरुले प्रशस्तै धन कमाएका छन् तर उनीहरुले भन्दा श्रेष्ठले आत्मसन्तुष्टी धेरै भेटेका छन् । उनी जागिरको शिलशिलामा बुटवल पुग्दा दाजु द्वारिकाले कपडा किन्न भनी रु १० हजार रकमले १० भारी कपडा जहाज मार्फत पोखरा ल्याए । सो कपडा विक्री गर्दा राम्रो नाफा भयो । व्यापार बढ्दै गयो पोखराको बगरमा पनि दोकान थपिए । पछि बीरगञ्जबाट विदेशी कपडा पनि आयात गर्न थाले । पसल झनै चम्कन थाल्यो । पछि नेशनल टे«निङ्गको डिलरसिप पाए । सामान लिन ठाउँ ठाउँबाट ग्राहक आउँथे । पछि बुटवल र भैरहवामा होलसेल दोकान थपे । पछि भैरहवाको दोकान काठमाण्डौमा सारे । दोकानबाट राम्ररी कमाए । त्यसपछि भारतीय पेन्सन क्याम्पमा ठेक्का लिन पुगे । तर त्यो ठेक्का उनलाई नराम्ररी ढाड सेक्यो । ६÷७ लाख घाटा खाए । इन्चार्जले निकै दुःख दिए । धेरै हानी नोक्सानी पु¥याए । पछि इन्चार्जलाई नराम्ररी रोग लाग्यो र उनी त्यहाँबाट हटे । साथीहरुको लहैलहैमा लागेर जनकपुरमा ६०÷६५ विघा जग्गा किने तर माओवादी द्वन्द र मधेस आन्दोलनका कारण भने जस्तो भएन ।
समाजसेवी श्रेष्ठले २०४४ सालतिर धनुषाको दिगम्बरपुर गाविसमा (हाल छिरेश्वरनाथ नगरपालिका वडा नं. ९) रहेको आनन्दमार्ग स्कूल सञ्चालन गर्न तीन विगाहा जमिन स्व. पद्मनारायण मल्ल परिवार स्व. द्वारिकाप्रसाद श्रेष्ठ को स्मृतिमा दान दिए । त्यस्तै श्री माध्यमिक विद्यालयमा एक शिक्षकको लाग्ने खर्चका लागि जवाहरलाल– लक्ष्मी श्रेष्ठको नाउँबाट २ लाख ५० हजारको अक्षयकोष राखिदिए ।
गाईघाट धार्मिक क्षेत्र विकास समितिका पूर्व अध्यक्ष श्रेष्ठ संगीत प्रशिक्षण केन्द्र लगायत आत्मज्ञान प्रचारक संघ आदि धार्मिक संस्थामा आबद्ध छन् । प्रायः ध्यान साधनामा तल्लीन रहने श्रेष्ठ परोपकारलाई नै जीवनको प्रमुख लक्ष्य ठान्छन् । समाजसेवी जवारलाल अहिले आध्यात्मिक साधनामा चुर्लुम्म डुबेका छन् । विहान बेलुका नित्य ध्यान बस्छन् । ध्यानमा बस्ता प्राप्त आनन्दको कारण आफूलाई अत्यन्त सुखी र भाग्यमानी ठान्दछन् । शरीर विर्सेर आत्माको अनुभूति गर्दछन् । वाह्य इच्छा र चाहनालाई त्यागेर सहज जीवन विताउँदै छन् ।
ईश्वरमा अनन्न भक्ति र श्रद्धा राख्ने श्रेष्ठका जीवनमा ईश्वरको कृपा मिलेको अनेकौं प्रशंग छन् । वि.सं. २०५० सालतिरको कुरा हो आफ्ना साँहिला सुपत्र विश्वको स्वास्थ्य परिक्षण गर्न उनलाई लिएर दिल्ली गए । दिल्लीका केही नाम चलेका अस्पतालमा डाक्टरसँग राय सल्लाह मागे तर श्रेष्ठले कतै चित्तबुझ्दो जवाफ पाउन सकेनन् । उनले विचार गरे– पुट्टपट्टीमा उपचार गराउँदा राम्रो होला । त्यहाँ जान धर्मावलम स्टेशनको ट्रेनको टिकट लिए । त्यसै दिन दाजु टपनारायण श्रेष्ठलाई दिल्लीबाट नेपाल फर्काउन आवश्यक सवारी साधनको व्यवस्था गर्नुपर्ने अवस्था आयो । त्यो दिन दिल्लीमा बस हडताल रहेछ । दाजुलाई जसोतसो बसबाट गोरखपुर सम्म पठाउने व्यवस्था गर्दा रातको ९ बजिसकेको थियो । पुरानो दिल्लीको र स्टेशनबाट नयाँ दिल्लीको रेल स्टेसन पुग्न १ घण्टा लाग्दथ्यो । तर कहाँ कहाँबाट एकजना सिर्दी साइवावा जस्ता अनुहार भएका रिक्सा चालक टुप्लुक्क आइपुगे । उनले गल्लीको बाटो छिचोल्दै धर्मावलम स्टेशन १५ मिनेटमै पु¥याए । रातको साढे ९ बज्दा पनि रेल छुटेको रहेनछ । हामी पनि पुग्नु रेल पनि टुप्लुक्क आइपुग्नु कस्तो संजोग ! श्रेष्ठको विचारमा यो सबै भगवानको असिम कृपा थियो । पुट्टपट्टीको साइबाबा अस्पतालमा छोरा विश्वको निःशुल्क र सहजतापूर्वक मुटुको अप्रेशन हुन स्रक्यो । यसको लागि उनी भगवानलाई धन्यवाद दिन चाहन्छन् ।
वि.सं. २०३८ सालतिर आध्याम्तिक गुरु प्रेम रावतको शिवीरमा सहभागी हुने भनी श्रीमती सहित दिल्ली गए । दिल्ली जाँदा गोरखपुर भएर जानुपथ्र्यो । गोरखपुरको गोरखनाथ मन्दिरमा दर्शन गर्न गए तर त्यहाँ भित्तामा लेखिएको श्लोकहरुको उनले कुनै अर्थ बुझ्न सकेनन् । त्यसबेला चउरमा सुत्नु परेको थियो । केही बेर उनी निदाउन सकेनन् । जब निद्रा लाग्यो अत्यन्त असिम आनन्दको अनुभूति उनलाई भयो । उनले त्यसबेला सोचे यो सबै गुरको कृपा हुनुपर्छ । दिल्ली पुगेर गुरुसँग दिक्षा लिए । पछि गोरखपुरमा आई मन्दिरमा दर्शन गर्न जाँदा हरेक श्लोकको अर्थ बुझे । अनि श्रेष्ठलाई गुरुप्रति विश्वास जाग्यो । गुरुले त्यसबेला भनेका थिए– आफूले नित्य गरीआएको कार्य छोड्नु पर्दैन, मात्र आफूलाई चिन्ने हो भन्ने बचन श्रेष्ठलाई निकै मन प¥यो । दिल्ली बस्दा उहाँलाई निकै आनन्द आएको थियो । श्रेष्ठ अहिले पनि गुरुप्रति समर्पित छन् ।
वि.सं. २०२२ साल फागुन २७ गते स्थानीय महेन्द्रपुल निवासी लक्ष्मीकुमारी जोजिजूका साथ वैवाहिक सम्बन्धमा बाँधिएका श्रेष्ठका चार सुपुत्रहरू विमल, विकल, विश्व र विकास श्रेष्ठ पनि आ–आफ्ना व्यावसायिक र सामाजिक कार्यमा संलग्न छन् । हाल श्रेष्ठका श्रीमती, ४ बुहारी, ४ नाति, ४ नातिनाहरु छन् भने २ नातीनीको विवाह भैसकेको छ । उनी आफू जन्मेको घर मोहरिया टोलमा अहिलेसम्म बसोबास गर्दैछन् ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!


0 Comments