नेवारी भाषाकै लागि अमात्य सर – रवीन्द्र माकाजू



पोखरामा संस्कृतिविद् उदयबहादुर अमात्यलाई नचिन्ने मान्छे सायद कमै होला । जतिबेला पनि नेवारी भाषाकोपत्रिका न्यूदया भिन्तुना वितरण गरिएको पाउँछौं । उनी नेवारी भाषा को सम्बद्र्धन, संरक्षणमा सक्रिय छन् । उनको नेवारी भाषा प्रतिको लगावलाई देख्दा प्रश्न उठ्छ– उनी नेवारी भाषाका संरक्षण सम्बद्र्धनका लागि किन लागि परेका छन् ? आखिर को हुन् उदयबहादुर आमात्य ?

पोखरा–५, पस्र्याङ निवासी उदयबहादुर आमात्य अहिले ७३ बर्षका छन् । क्याम्पसमा पढाउँदा पढाउँदै रिटायर्ड भएका आमात्य सर नेवारी पत्रिकाका प्रकाशन गर्ने काममा टायर्ड भएका छैनन् । उनी नेवारहरुले नेवारी भाषा बोलेको हेर्न चाहन्छन् । उनको मान्यता छ– आफ्नो भाषालाई मायाँ नगर्नेले कसरी देशलाई माया गर्न सक्ला ?

वि.सं. २०५६ सालमा उनले नेवारी पत्रिका शुरु गरे ‘पोखरा भिन्तुना’ । यो सबैको लागि नौलो र आश्चर्यजनक विषय थियो । सबैले सोचे ‘यो केही दिनको पाहुना हो’ । पोखरामा कसले पढ्छ र नेवारी पत्रिका ? तर अमात्य सरले पत्रिका नियमित रुपमा २१ बर्षसम्म लगातार निकालेर देखाइदिए । अथक प्रयास, लगनशिलता भएमा असंभव भन्ने नै कहाँ छ र ? उनले पोखरामा नेवारी भाषाको पत्रिका मात्रै निकालेनन् । विभिन्न एफ. एम. नेपाल भाषामा कार्यक्रम चलाए । समाचार भन्न लगाए । नेपाल भाषाका कक्षा सञ्चालन गरेर नेवारी भाषा बोल्न सिकाए ।

अमात्य सर चिनिया भाषा, जापानी भाषाका ज्ञाता पनि हुन् । अमात्य सरको मान्यता छ– भाषा अमूल्य विधि हो । भाषा बढी भएको समाजलाई धनी, सम्बृद्ध मानिन्छ । नेपालमा बोलिने असंख्य भाषा नेपालकै अनमोल सम्पत्ती हो । त्यसैले यसको संरक्षण आवश्यक पर्दछ ।

अमात्य सर कविता लेख्न पनि खप्पिस छन् । नेपाल भाषाका लागि नेपालीका लेखलाई अनुवाद गर्ने गर्दछन् । उनले जाऊँ है पोखरा गीतको सृजना गरेका छन् । उनले ज्ञानबद्र्धक नाटक पनि लेखे । यसका साथै खेलकुदमा पनि रुचि राख्दछन् । उनी पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघद्वारा आयोजित २०० मिटर दौडमा प्रथम भएका थिए । उनी टेबल टेनिसका कुशल खेलाडी पनि हुन् । उनले नेपाल भाषाका सिनेमा ‘लमि’ मा अभिनय पनि गरेका छन् ।  उनी अभिनेता पनि हुन् ।

उदयबहादुर सरको जन्म वि.सं. २००४ साल श्रावण २६ गते काठमाण्डौको असन टोलमा भएको थियो । उनका बाबु नारायणबहादुर र माता इन्द्रमाया हुन् । उनको बाल्यकाल काठमाण्डौमा वितेको देखिन्छ । उनले दरबार हाई स्कुलबाट २०१८ सालमा एस.एल.सी. पास गरे भने पब्लिक साइन्स कलेजबाट आइ.ए.सी. पास गरे । उनले २०३३ सालमा एम.ए. पास गरे । यस अघि उनले स्याङ्जाको कोल्मा बराहचौर हाई स्कुल, ढोर फिर्दी तनहुँमा माष्टर हुन गए । पछि २०२९÷३० सालमा गलकोट माध्यामिक विद्यालयमा माष्टरी गरे । पछि २०३० सालबाट २०३६ सालसम्म आनन्द कुटी विद्यापीठ स्वयम्भू काठमाण्डौमा गणित शिक्षक भै सेवा पु¥याए ।

पछि आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रमा करिव २० बर्ष सहायक, प्राध्यापकको रुपमा काम गरे । ०४६ सालमा पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्रको विषयमा पढाउन थाले । करीव २० बर्ष त्यहाँ पढाएर सहप्रध्यापकको रुपमा सेवा पु¥याई अमात्य सर निवृत्त भए ।

उनले पोखराका केही विद्यायलमा पनि पढाउने काम गरे । यसरी उनले पढाएका स्कुल तथा क्याम्पसमा हिमाञ्चल बोर्डिङ, पोखरा उच्च मा.वि., शिशु कल्याण, लिटील स्टेप उच्च मा.वि. र मल्टीमोडल क्याम्पस प्रमुख छन् ।

उदयबहादुर सर स्वतन्त्र पत्रकार संघमा बरिष्ठ उपाध्यक्ष भै पत्रकारिताको विकासमा लागि परे । उनको बिशेष सक्रियतामा आदिबासी जनजाती पत्रकार संघको स्थापना भएको थियो ।

उनको जीवन संगिनी हुन्– इन्दिरा श्रेष्ठ । अमात्य दम्पत्तीका २ सुपुत्र छन्– उज्वल र प्रज्वल । एक छोरी छन्– शुभेच्छा ।

अमात्य सरको एउटै चाहाना छ– सकिन्जेल समाजका साथै नेपाल भाषको सेवा गर्ने । उनको योगदानको कदरस्वरुप विभिन्न संघ संस्थाले सम्मान दिएका छन् । उनलाई पृथ्वीनारायण क्याम्पस, त्रिभुवन विश्वविद्यालयले दीर्घ सेवा पदक दिएका छन् भने नेवारी संघ संस्थाले सम्मान पत्र दिएका छन् । उनका लेख रचनाहरु विभिन्न स्मारिकामा प्रकाशित छन् ।

उनले जनवारी गणतन्त्र चीन, बंगाल, मलेशिया, इजरायल, भारत लगायतका मुलुकमा भ्रमण गर्ने शौभाग्य पाएका छन् ।


Post a Comment

0 Comments