पोखरामा नेवारहरू कहिले पोखरा भित्रिए भन्ने कुनै खास इतिहास नभएता पनि पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यकामा आक्रमण गरे पछि जिऊज्यान सुरक्षार्थ नेवारहरू उपत्यका वाहिर बसाई सराई गरेको भन्ने केही विद्वानहरू को मत रहेको छ । एस हिसाब ले वि.सं. १८२६ पछि मात्रै पोखरामा नेवारहरू आएको हुनुपर्छ । एसर्थ भैरवनाच तेसपछि मात्रै सञ्चालन भएको हुनुपर्छ । करिब २५० बर्ष पहिले जितारामले भीमसेन मन्दिरमा घण्ट चढाएको र उनकै समयमा भैरव नृत्यलाई पोखरा भित्राएको मानिन्छ ।
पुराना बूढापाकाहरूका भनाई अनुुसार पहिला पहिला यो नाच १२ वर्षको अन्तरालमा मात्र निकालिन्थ्यो । पछि १२ वर्ष धेरै लामो अवधि भएकाले हाल ६÷६ वर्षको अन्तरालमा प्रदर्शन गर्ने गरिन्छ । यो नाचले पोखरामा निकै लोकप्रियता हासिल गरेको छ । यो नाच मुलुक का अन्य भैरव नाच सँग मिल्दैन । अर्थात् एसको छुट्टै महŒव रहेकोे पाइन्छ । वि.सं. २०२० साल भन्दा अगाडी कहिले, कहिले यो नाच निकालियो भन्ने कुनै रेकर्ड नभएको तर २०१० सालपछि २०१५,२०,२८,३५,४१,४७,५२,५७,६२,६८,७२ सालहरूमा निकालिएको भैरव सांस्कृतिक संरक्षण समितिका पूर्व सचिव टंकमान नापित बताउँछन् । तर संस्कृतिविद् अष्टमान प्रधाना· भने ००६ साल भन्दा अगाडी पनि वि.सं. १९५७,७२,८०,९२,९२,९५ र १९९८ मा भैरवनाथ निकालिएको दावी गर्दछन् ।
सामान्यतया मुखुण्डो लगाएर नाच्ने नृत्य दुई प्रकार का मानिन्छन् । १. आनुष्ठानिक २. मनोरञ्जनात्मक । आनुष्ठानिक विशेष पर्वमा निश्चित समयमा प्रदर्शन गरिन्छ भने मनोरञ्जनात्मक जुनसुकै बेलापनि प्रदर्शन गरिन्छ जस्तै– लाखे नाच । लाखे नाच घण्टाकर्णबाट जनैपूर्णिमा सम्म निकाल्ने गरिन्छ । एसको मुख्य उद्देश्य भनेको समाजलाई मनोरञ्जन प्रदान गर्नु हो । तर आनुष्ठानिक धार्मिक विधि विधान अनुसार सञ्चालन गर्नुपर्ने हुन्छ । पोखराको भैरव नृत्यको मूल जन्मस्थान काठमाण्डौ उपत्यका भएतापनि अन्यत्र यो भैरवनृत्य देख्न पाइन्न तर पोख्रेलीहरूले यो संस्कृतिलाई जीवन्त राखेकाले एस अर्थमा उनीहरू धन्यवादका पात्र पनि छन् । एस नाचमा ४ भैरव (शिवको उन्मत्त रूप) ४ कुमारी (अष्टमातृका देवी) गणेश, डागिनी र कौच्चाभुच्चा गरी १२ जना हुन्छन् जसलाई १२ भैरव भनिन्छ ।
पुराना बूढापाकाका भनाई अनुसार पहिला पहिला चित्राको मुकुट हुन्थ्यो । केही समय पछि तामाको मुकुट बनाइएको हो । ०४६ सालमा कलाकार बुद्धिबहादुर ताम्राकारले हालको मुकुट बनाएका हुन् । भैरव नृत्यमा बौद्ध तान्त्रिक विधि र वज्राचार्य गुभाजूको समावेश हुने हुँदा यो शैवमत र बौद्ध मत को सम्मिश्रित संस्कृति हो भन्न पनि करै लाग्छ । एस नाचलाई बौद्ध गुभाजूहरूले पनि सम्मान गर्दछन् । एस कारण भैरवनाच ले समन्वयात्मक संस्कृति को निर्माण गरेको छ भन्नु मा अत्युक्ति हुँदैन । एस नृत्य मा विभिन्न रस जस्तै वीररस, करुणरस, भक्तिरस, हास्यरस, श्रृ·ाररस आदि पनि भेट्न सकिन्छ ।
यो नृत्यले नेपाली समाज मा सामाजिक एकता पनि प्रदान गर्दछ । टोलवासीलाई मिलेर बस्न सिकाउँछ । यो नृत्य चलेको बेलामा देश, विदेश बाट श्रद्धालुहरू आई भैरव नृत्य हेरेर मनोकामना पूरा गर्ने गरेको संस्कृतिविद् अष्टमान प्रधाना· बताउँछन् ।
नेपाल मण्डल बाहिर एउटै मात्र जीवित भैरव नृत्य परम्परा लाई पोख्रेलीहरूले जोगाई राखेका छन् । जुन पोखरा को अमूल्य सम्पत्ति नै हो । यो एस्तो सम्पत्ति हो जसले धार्मिक, सामाजिक मनोरञ्जन पनि प्रदान गर्दछ । एसलाई विश्व सम्पदा सूची मा सूचीकृत गर्न सम्बन्धित पक्ष ले ध्यान दिनु पर्दछ । एसको संरक्षण, संवद्र्धन गर्न स्थानीय नेवार समुदाय मात्र नभई स्थानीय, प्रदेश एवं केन्द्रीय सरकार पनि लाग्नु पर्दछ ।
प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीका दिन भैरवको पूजा गर्ने प्रचलन रहिआएको छ । तेसपछि समितिको बैठक बस्ने गर्दछ । यदि तेस वर्ष नाच निकाल्ने हो भने तयारीका लागि आवश्यक पहल पनि गरिन्छ । र मुखुण्डो (मुकुट) झिकेर पूजा गरिन्छ र प्रत्येक चरण बाजा बजाइन्छ । हरेक वर्ष गाईजात्राको दिन मुखुण्डो खुल्ला राखिने हुँदा भक्तजनले श्रद्धापूर्वक पूजा गर्ने चलन हालसम्म पनि कायमै छ । नाच निकाल्ने भएपछि तेसको पूर्वाभ्यास पनि गरिन्छ । यो पूर्वाभ्यास कार्यक्रम करीब एक महिनासम्म चल्दछ । गठेमंगल बाट तयारी शुरू गरी दशैंबाट विधिवत् नाच शुरू हुन्छ । भीमसेन (नाट्येश्वर) मन्दिर बाट देव घरमा स्थापना गरिन्छ ।
यो नृत्य माकरीब ९० जना जतिको समूह हुन्छ । वाद्यवादकटोली, रागी, कलाकार र कलाकार का सहयोगी गरी ठूलो जनशक्ति को खाँचो पर्छ । एस नाचलाई दैवी शक्तिको रूप मा पोख्रेलीहरू लिने गर्दछन् । कलाकारहरू पूर्ण रूपमा शुद्ध बनेर नाच्ने र साधना गर्नेपरम्परा रहिआएको छ । एस प्रकार शुद्धता र श्रद्धाभक्ति का साथ गरिने हुनाले भैरवनाथ लाई भक्तहरू साक्षात् परमात्मा मानेर आस्थापूर्वक पूजा गर्दछन् । भैरवहरू एक हातमा तरवार र अर्को हातमा मुर्कट्टा लिएर नाच्दछन् । कुमारीहरू डमरु का साथ ध्यान मुद्रा मा हुन्छन् । गणेशकोे हात मा बञ्चरो हुन्छ भने डागिनी को हातमा चिराग र कल (पूजा सामग्री राख्ने भाँडा) हुन्छन् । चार भैरवहरू काली, बूढी, इन्द्रायणी र वाराहको कपडा र मुखुण्डो फरक फरक हुन्छन् । तेस्तै चार कुमारी १. कौमारी (कुमारी) २.विष्णु (वैष्णवी) ३. ब्रÞमायणी (पहेँलो) र गंगा (सेतो) वस्त्रमा हुन्छन् ।गणेशको वस्त्र सेतो हुन्छ भने डाँगिनीको रातो ।
टोलटोलमा नाच शुरू हुनु पूर्व टोलबासीहरू पूजा थाली, फलफूल लावा, अक्षता छरेर रातो कपडा ओच्छ्याएर स्वागत गर्दै बाह्र भैरवलाई लिन आउँदछन् । पहिला सामूहिक पूजा हुन्छ । यो दृश्य अत्यन्त र लोभलाग्दो र सात्विक प्रकृतिको हुन्छ । पूजा सकिना साथ कौच्चा, भुच्चा र काली भैरवको ज्योति नृत्य (नाच) देखाइन्छ । तेस पछि ४ भैरव । तेस पछि ४ कुमारी । तेस लगतै गणेश हात मा बञ्चरो लिएर नाच्दछन् । तेसपछि कौचा भुचाले आफ्नो प्रतिभा देखाउँछ । अन्तिममा दागिनीले आफ्नो कला प्रस्तुत गर्दछ । रागीहरू सम्बन्धित रागमा भजन गाउँछन् ।


0 Comments