बाघ जात्रा निकाल्न त्यसबेला कलाकारहरु, बाजा बजाउने अन्य कामदारहरु लाई सम्हाल्न अली कठिनाई परेता पनि सबैको ठूलो सहयोग प्राप्त भएको हुँदा धेरै कठिनाइको महसुस भएन । हाल सो जात्रा निकाल्न करीब १४÷१५ लाख जम्मा गर्नु पर्दछ होला । त्यस समय रु. ३ लाख ५० हजार खर्चले पुगेको थियो । कलाकार, बाजा बजाउने, अन्य सहयोगी गरी करीब १५० जना जनशक्तिको आवश्यकता पर्दछ । त्यस समयमा राजारानी, रिसल्लाहरु, बाघ हुने, मन्त्रीहरु र नाच गानमा सहयोग गर्नु हुने सबैलाई अहिले म २० बर्ष पछि भए पनि धन्यबाद दिन चाहान्छु ।
पोखरामा २९ औंै बर्षसम्म संयोजक बनि भतिजा रबीन्दले शाहासपूर्वक जन्माष्टमी शोभायात्रा पोखरामा निकाली आफ्नो क्षमता प्रदर्शन गरेकोमा म व्यक्तिगत र समस्त पोखरेलीहरुको तर्फवाट हार्दिक बधाई दिन चाहान्छु । हजारौं मान्छेहरुलाई सहभागी गराई २९ औं बर्षसम्म निरन्तर शोभायात्रा संचालन गर्नु चानचुने कुरा थिएन । यस्तै पोखरामा धेरै बर्षदेखि संचालन हुँदै आएको बुद्ध जयन्ती शान्ति पदयात्रा, नवदुर्गा महोत्सब, तमुहरुको ढोँटे पर्ब लगायतका पर्वहरुले पनि पोखरामा थप साँस्कृतिक रौनक ल्याएको छ । समाजमा अनेकता र बिभेद वढेको समयमा जातियता, क्षत्रियता र सम्प्रदायबाट माथि उठ्न यस्ता जात्राको अहं भूमिका हुन्छ । यी सवै महत्वलाई झल्काएर माकाजूले यो पुस्तक प्रकाशन गर्नु भएकोमा पुनः एकपटक धन्यवाद दिन चाहान्छु । यो पुस्तककले सबैको मन जित्न सफल होस् र भतिजाको प्रत्येक कार्यमा भगवानले साथ देउन् भनी परमात्मासँग हार्दिक प्रार्थना पनि गर्दछु ।
जवाहर लाल श्रेष्ठ
मोहरीया टोल, पोखरा–१
२०७७ असोज १५ गते

0 Comments