पोखरा जीरो किलोमिटर निवासी विश्व हिन्दू महासंघ नेपालका पूर्व उपाध्यक्ष एवं हाल सल्लाहकार वेदनिधि शर्मा अधिकारी पोखरामा अग्रज समाजसेवीका रुपमा चिनिन्छन् । गाउँमा विद्यालय बनाउने देखि पोखरा–५, धर्मस्थली स्कुलमा समेत एक भव्य भवन निर्माण गरिदिएर सामाजिक एवं शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे । सोही विद्यालयमा धेरै बर्ष व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा समेत गरे ।
कसरी धर्मस्थली विद्यालयमा भवन बनाउने निर्णयमा पुग्नुभयो ? भन्ने प्रश्नमा वेदनिधि शर्मा अधिकारी भन्दछन्– जब म विद्यालय पुगें, विद्यार्थीहरुको अवस्था देखेर माया लाग्यो । हुने खाने सक्नेले आफ्ना सन्ततिलाई बोर्डिङ स्कुलमा पढाउँदा रहेछन् अनि नसक्ने गरिब, मजदुरका छोराछोरी पढ्ने स्कुल धर्मस्थली जस्ता आधारभूत विद्यालय रहेछ । पोखरा महानगरको मध्य भाग वडा नं. ५ मा रहेको उक्त स्कुलमा अधिकांश विद्यार्थी अन्य जिल्ला वा ग्रामिण भेगबाट यहाँ आई बसोबास गर्नेहरुका सन्तान पढ्दा रहेछन् । स्कुलका प्राचार्य केदारनाथ बरालसँग शर्मा अधिकारीले स्कुलका गतिबिधिबारे जानकारी लिँदा बरालले भनेछन्– सबै राम्रो छ, दाताहरुबाट कम्प्युटर पाएका छौं तर कम्प्युटर राखेर पढाउने ठाउँको अभाव छ । बरालको कुरा सुनेर शर्मालाई त्यो अभाव पुरा गरिदिने इच्छा जाग्यो । शर्माले त्यहाँका विद्यार्थी, कर्मचारी, शिक्षकहरु अनुशासित देखे । प्राचार्य बरालसँग शर्माले भने– यस विद्यालयका पूर्व अध्यक्षहरु, अभिभावक एवं भद्रभलाद्मीहरुको भेला गराई दिनुहोस् । उनीहरुको राय सल्लाह अनुसार म भवन बनाइदिन्छु । नभन्दै हेडसरले भेला बोलाए । सबैको राय सुझाव अनुसार शर्माले भवन बनाई तत्कालीन अध्यक्ष र प्राचार्य समक्ष भवन हस्तान्तरण गरिदिए ।
हुन त यस अघि उनले ढिकुरपोखरीमा अवस्थित माछापुच्छ«े क्याम्पस स्थापनाको लागि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । त्यस्तै ल्वाङघलेलको भेडाबारीमा महायज्ञ लगाउन सल्लाह दिए अनुरुप महायज्ञ सफल पारी कृषि स्कुलको (क्याम्पसको) स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । गाउँका धेरै विद्यालयमा महायज्ञ लगाएर विद्यालयलाई सम्पन्नशाली बनाउन उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेले । त्यस्तै अनेक ठाउँमा सहयोगको हात बढाए । आफ्नो आम्दानीको केही प्रतिशत रकम सामाजिक सेवाका लागी छुट्याउने गरेको बताउँदै उनले भने– अरुबाट आफूले लिनुभन्दा आफूले अरुलाई दिँदा बेग्लै मजा हुँदोरहेछ । शरीर हल्का भएको महशुस हुन्छ । मन भित्रको मैलोपन हट्छ ।
उनलाई समाज सेवामा हौसाउने व्यक्ति थिए– कथावाचक वाचनशिरोमणी स्व. पण्डित नारायणप्रसाद पोखरेल । पोखरेलसँग उनको गहिरो मित्रता थियो । प्रायः हप्ताको दुई, तीन पटक आपसमा फोन सम्पर्क भैरहन्थ्यो । पोखरा आसपासमा कसैले धार्मिक अनुष्ठान आयोजना गर्नुपर्दा धेरैले वेदनिधिलाई माध्यम बनाउँथे ।
समाजसेवी शर्माको पं. पोखरेल सँग पहिलो भेट २०५५ सालमा वीरगंजमा भएको थियो । त्यसबेला अधिकारी विश्वहिन्दू महासंघ कास्कीका कोषाध्यक्ष थिए । राष्ट्रिय सम्मेलनको शिलशिलामा महासंघको प्रवक्ता पोखरेलसँग कस्केली टोलीको परिचय हुनपुग्यो । पोखरेललाई पोखरा आउन निमन्त्रणा दिइयो । पोखरेलले पोखराको राममन्दिरमा पहिलो धार्मिक अनुष्ठान गरे । आर्थिक संयोजक अधिकारीको विशेष पहलमा ४ लाख नगद संकलन भयो र विश्व हिन्दु महासंघको राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न भयो ।्
पोखराको धार्मिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा पोख्रेलले पु¥याएको योगदान अतुलनिय रहेको शर्माको धारणा छ । शर्मा पं. पोखरेलका अभिन्न मित्र थिए । यस क्षेत्रमा पं. पोखरेलले जे काम गर्नु परेपनि शर्मासँग सल्लाह माग्थे । पोखरेललाई विश्व हिन्दू महासंघ नेपालको अध्यक्ष बनाउन शर्माले खेलेको भूमिका ज्यादै महत्वपूर्ण थियो । शर्मा भन्दछन्– पोखरेललाई अध्यक्षमा विजयी बनाउनु सबै पोखरेलीहरू लागि परेका थियौं । यो कुरा स्व. पोख्रेलले सम्झना गर्नुहुन्थ्यो ।
सरल, सादगी स्वभावका शर्मा माओवादीका कार्यकर्ताले पण्डितलाई स्वर्गद्वारीमा गरेको भव्य स्वागतको क्षण जीवनमा कहिल्यै बिर्सन सक्दैनन् । मान्छेहरु स्कुल राम्ररी चलेन भने, बाटोघाटो, धारा, पुल, मन्दिर जे बनाउनु परे पनि सबै एकपटक पण्डित नारायणप्रसाद लाई नै सम्झन्थे । उनको प्रवचनबाट प्रभावित भएर दान गर्न मान्छेहरू लालायित हुन्थे । उनी सामाजिक सेवाका लागि दान दिन सबैलाई प्रेरणा दिन्थे र भन्दथे– मान्छे आफ्ना लागि मात्र नभई समाजका लागि बाच्नु पर्दछ । त्यसैलाई नै सफल र सार्थक जीवन मान्नु पर्छ । पण्डित पोखरेलसँग उनले सिकेको पाठ हो यो ।
२०५७ सालमा विश्वहिन्दू महासंघका अध्यक्ष पं. नारायणप्रसादले अधिकारीलाई पहिला केन्द्रीय सदस्य र पछि संगठन विभागका प्रमुख नियुक्त गरे । अधिकारी दिनरात संगठनको काममा जुटे । यता पोखरेलको कार्यक्रमहरू पोखरा वरिपरि बढी केन्द्रीत हुन थाले । महायज्ञको प्रभावबाट माछापुच्छ्रे क्याम्पसको स्वरूप नै परिवर्तन हुन गयो । अधिकारीले आफ्ना बाबुआमा गजाधर, सति सावित्रीको सम्झनामा स्मृति पुरस्कार प्रदान गर्न माछापुच्छ्रे क्याम्पसमा अक्षयकोष स्थापना गरिदिए । हाल उक्त क्याम्पसमा अध्ययनरत ११÷१२ कक्षामा उत्कृष्ट छात्रछात्राले उक्त कोषबाट सहयोग प्राप्त गर्ने गरेका छन् ।
पुराना कास्कीको कास्कीकोट (हाल पोखरा महानगरपालिका वडा नं. २४) ठूलीपोखरी माथिको गाउँमा वि.सं १९९६ असोजमा जन्मेका अधिकारीको सामान्य लेखपढ काठको पार्टीमा कालो दलेर लेखन सुरु हुन्छ । २०११ साल सम्ममा उनी दुर्गा कवच, चण्डी पढ्न सक्ने भए । त्यसै बीच उनले ठूला खेतका एक शिक्षक संग उनकै घरमै गई फुर्सदको बेलामा तमसुक र चिठी लेख्न सिके ।
२०१४ सालमा पर्वतको पाङमा पुगेर लगातार तीन वर्ष रमाकान्त र हरिदत्त अर्याल गुरुहरुसँग उनले ज्योतिष विद्या सिके । २०१७ सालमै उनले २०१८ सालको पात्रोको गणित गरे । पहिला–पहिला अहिलेको जस्तो पात्रो बजारमा किन्न पाईदैन्थ्यो । यसरी गणित गरि लेखिएका पात्रोबाट काम चलाउने गरिन्थ्यो ।
२०१७ सालमा नेपालमा पञ्चायती व्यवस्था लागु भयो । मान्द्रेढुंगा गाउँका प्रधानपञ्चले सचिव भएर काम गर्न अनुरोध गर्दा उनले सहर्ष स्वीकारे । पछि जिल्ला पञ्चायतबाट खटिआएको कर्मचारीले अधिकारीलाई नियुक्ति दिन मानेनन् । बरु ५ कक्षा पढेका अर्कै व्यक्तिलाई सचिवमा नियुक्ति गरे । यस घटनाले उनको मनै परिवर्तन गरिदियो । उनले बुझे– अंग्रेजी शिक्षा हाँसिल नगरेकाले कुनै सरकारी कार्यालयमा जिम्मेवारी पाउँदो रहेनछ ।
उनले थप पढाइका लागी पोखरा झर्ने निर्णय गरेर २४ बर्षको उमेरमा घर छोडेर पोखरा आए । कहाँ बस्ने , के गर्ने, कसरी खाने कुनै अत्तोपत्तो थिएन । उनी पोखरा आउँदा महेन्द्रपुलको तल काठको साँघु थियो । जसलाई काठेसाँघु भनिन्थ्यो । त्यसैको छेउमा अहिलेको पालिखेचोकमा मान्छेको ठूलो जमघट देखे । केको घुँइचो रहेछ भनेर प्रहरी हवल्दार नरध्वज गुरुङसँग सोध्दा उनले जवाफ पाए– यी मान्छेहरु प्रहरीमा जागिर खान आएका । तिमीलाई पनि प्रहरीमा जागिर खाने रहर छ भने भित्र आऊ । उनले ती हवल्दारसँग भने– यदि पढ्न पाइन्छ भने म प्रहरीमा भर्ना हुन्छु । ती हवल्दारले भने– यहाँ तिमी जस्तै अरु पनि छन् । जसलाई पढ्ने सुविधा दिलाएका छौं । तिमीले पनि पढ्न पाउँछौ ।
शर्मालाई के खोज्छस् कानो आँखाजस्तै भयो । पढ्न पनि पाइने, जागिर पनि पाइने । उनी प्रहरी सेवामा भर्ना भए । नभन्दै ती हवल्दारले भने जस्तै दिउँसो प्रहरी सेवामा जागिर खान्थे र राती नाइट स्कुलमा अधिकारी पढ्न जान्थे ।
त्यतिबेला पोखराको टुँडिखेलमा रात्री पाठशाला सञ्चालन भएको थियो । ब्।द्य।ऋ। क्भअतष्यल गरि तीनवटा क्लास सञ्चालन हुँदो रहेछ । ऋ भन्नाले ५÷६ कक्षा, द्य भन्नाले ७÷८ कक्षा, ब् भन्नाले ९÷१० कक्षाको मान्यता प्राप्त हुन्थ्यो । अधिकारीले द्य सम्मको शिक्षा निकै कष्ट उठाएर पढे ।
२०२२ सालमा केन्द्रबाट प्रहरी जवानले पढ्न नपाउने निर्देशन केन्द्रबाट आयो । उनको पढाइ छुट्यो । उनी सी.आइ.डि. तालिममा सहभागी भए । बिना बर्दी पञ्चायत विरोधी गतिविधिका बारेमा जानकारी लिनुपर्दथ्यो । उनलाई यो गुप्तचरी पेशा पटक्कै मन परेन । आफ्ना तर्फबाट अरु कसैलाई दुःख नहोस् भन्ने बिचार भएकाहरुले यो कार्य गर्न नसक्ने लागेर कहिले छोडुँ जस्तो भयो प्रहरी पेशा । अनि राजिनामा पनि दिए तर राजीनामा धेरै समयसम्म स्वीकृत भएन । पछि उनले आफ्ना हितचिन्तक पं. कृष्णप्रसाद तिमिल्सिनासँग मनका व्यथा पोखे । ठीक त्यसै समयमा गाउँमा दाजुभाइबीच अंशवण्डाको प्रसंग चल्यो । कृष्णप्रसादजीले पञ्चायतबाट सिफारिस पत्र पठाइदिए पछि प्रहरीबाट दिएको राजीनामा स्वीकृत भयो र उनी मुक्त भए ।
त्यसपछि कास्कीकै लान्दुकको भुमेश्वर स्कुलमा त्यही पढाइको आधारमा शिक्षक भएर सेवा गर्ने अवसर पाए । त्यसबेला त्यहाँका प्रधानपञ्च प्रताबहादुर गुरुङसँग राम्रो सम्बन्ध हुन पुगेको थियो । तरत्यहाँ स्थिर भएर काम गर्ने अनुकुल मौका पाएनन् । आफ्नै जन्मस्थल (हालको कास्कीकोट) त्यसबेलाको मान्द्रेढुंगा गाउँपञ्चायतमा उनकै अन्यन्न मित्र प्रधानपञ्चमा निर्वाचित भएका थिए । गाउँका प्रधानपञ्चले सचिवमा नियुक्ति पत्र पठाएकाले अधिकारी गाउँमा सचिव बन्न पुगे । तर त्यसबेला जिल्ला पञ्चायतले सचिवलाई तलब नदिने र अन्य कुनै भरपर्दो आयश्रोत नहुँदा अधिकारीले निकै दुःख कष्ट झेल्न पुगे ।
२०२७ साल चैत्र २५ गते उनी गाउँबाट मकै बेच्न पोखरा बजार झरे । मोहरिया टोलमा एकजना परिचित व्यापारीले एक पाथी मकैको रु. ३÷– का दरले खरिद गरिदिए । सो मकै समेत दिनभरि संकलन भएको मकै उनले स्याङ्जाको व्यापारीलाई बेचे । ती व्यापारीले आफूले दिनभरमा रु. ३०० नाफा गरेको अधिकारीलाई बताए । उनले त्यसबेला थाहा पाए– व्यापार गर्न जान्यो भने सजिलै सँग जीवन गुजारा गर्न सकिदो रहेछ ।
सो दिन अधिकारी गाउँमा फर्केनन् । बगरमा तत्कालीन गाउँका प्रधानपञ्च प्रतापबहादुर गुरुङको घरमा बास बस्न पुगे । उनले आफूले मकै बेचेको अनि ती व्यापारीले ३०० रुपैया नाफा गरेको प्रसंग गुरुङलाई सुनाउँदा तीनले भने– तिमीले व्यापार गर्ने भए गर यो सटर दिन्छु ।
मैले प्रधानपञ्च गुरुङसँग पाटर््नरसिपमा व्यापार गरौँ भनेर प्रस्ताव राखेँ । गुरुङ बाले सहर्ष स्वीकारे । मैले बुटवलका सूर्यप्रसाद प्रधान (ब्यापारीलाई) चिनेको थिए । (जो पछि बुटवलका मेयर र साँसद पनि भए) हामीहरु सामान किन्न बुटवल पुग्यौं । सामान पोका परेर पोखरा ल्याइयो– ती पुराना दिन सम्झदै अधिकारीले भने ।
उनीहरुले २०२८ साल बैशाख १ गतेको शुभ मूहूर्त पारि विधिबत रुपमा बगरमा कपडा पसल सुरु गरे । गाउँमा जन्मिएका हुनाले गाउँका इष्टमित्र थुप्रै चिनेका थिए अधिकारीले । सबैसँग बोलिबचन मिठो र आत्मीय व्यवहार हुँदा गाउँलेहरु अधिकारीको पसलमा झुम्मिन्थे । उनले पैसा नहुने गाउँलेलाई उधारोमा सामान दिएर सहयोग गर्ने गर्थे । पसल राम्ररी चल्न थाल्यो । एक बर्षपछि पार्टनर प्रताप बाले पसल भएको घर बेचेकाले आफ्नो भागको रकम र नाफा फिर्ता मागे । अधिकारीलाई अर्को अप्ठेरो आइपुग्यो । यो कुरा बुटवलका व्यापारी सूर्यप्रसादलाई भने । सूर्यप्रसादले तिमीलाई चाहेजतिको सामान उधारो दिन्छु पिर नमान भन्दा अधिकारीलाई खेलो प्रशस्त भयो । कसैसँग हारगुहार गर्नु परेन ।
सामान्य जागिरे जीवनबाट जीवन यात्रा शुरू गरेका अधिकारीले पोखराको बागबजारमा धेरै वर्ष कपडा पसल चलाए । हाल उनी रिटायर लाइफ बिताउँदैछन् । विश्व हिन्दु महासंघका लगायतका धार्मिक संघ संस्थाका माध्यमबाट सामाजिक र धार्मिक कार्यमा संलग्न छन् अधिकारी । पोखराको नारायणथान स्थित बह्मचर्य आश्रममा अध्यक्ष हुँदा उनले मठाधीश भवन बनाए । संस्कृत गुरुकुलको स्थापनामा सहयोग पु¥याए ।
पोखरा–५, कुलाको डिलमा अवस्थित मनकामनाको परिसरमा २०५९ सालमा मुक्तेश्वर शिवालय निर्माण निर्माण गरिदिएका छन् अधिकारीले । त्यस्तै कास्कीकोट पोखरीचौरमा अवस्थित वसन्त आधारभूत विद्यालयमा प्रोजेक्टर सहयोग गरिदिए । वेदान्त कविरत्न रुद्रबहादुर थापा मगर द्वारा लिखित आत्मचिन्तन भाग–२ प्रकाशन गरिदिएका छन् अधिकारीले । उनको योगदान बारे कवि थापा मगरले उक्त पुस्तकमा लेखेका छन्– एक दिन विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष वेदनिधि शर्मासंग मेरो भेट भयो । उनले मेरो कविता सुनेर भने– यो कविताको पुस्तक छाप्ने हो भने म सहयोग गर्छु ।
बाचनशिरोमणी पण्डित पोखरेलको हत्या लगत्तै उनलाई धार्मिक शहीद घोषणा गर्न र हत्यारालाई कानूनी कारवाही गर्न प्रजिअ मार्फत् गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाउन अधिकारी सक्रिय भएर लागे । स्व. पोखरेललाई धार्मिक शहीद घोषणा गरेर मात्र नहुने विचार राख्दै अधिकारी भन्दछन्– राज्यले उनका नाममा धेरै कार्य गर्न बाँकी छ ।
वि.सं. २०२२ सालमा कृस्ती नाच्नेचौर खामपुरका बालकृष्ण सुवेदीका सुपुत्री हरिकलासँग समाजसेवी बेदनिधीको वैवाहिक सम्बन्ध भएको थियो । उनीहरुका दुई सुपुत्र र दुई सुपुत्री छन् । मध्यम परिवारका अधिकारी खुशी साथ जीवन विताउँदै छन् ।
अधिकारीको सामाजिक, शैक्षिक, धार्मिक योगदानको कदर स्वरुप विभिन्न संघ संस्थाले कदरपत्र, सम्मानपत्र प्रदान गरेको छ । सनातन धर्म सेवा समितिले सनातन श्री सम्मानद्वारा सम्मानित अधिकारीलाई सम्मान गर्ने प्रमुख संघ संस्थाहरुमा विश्व हिन्दु महासंघ, माछापुच्छ«े क्याम्पस, महेन्द्र संस्कृत विश्व विद्यालय, धर्मस्थली आधारभूत मा.वि. लगायतका थुप्रै संघ संस्था छन् । यो क्रम अझै रोकिएको छैन ।


0 Comments