आजभन्दा करिब ७८ बर्ष अगाडि अर्थात् वि.सं. १९९८ साल श्रावण १३ गते जन्मिएका विश्वमोहन का पिता रामबहादुर समाजसेवी थिए । बाबुका प्रेरणाले उनलाई पनि समाजसेवा गर्ने जाँगर चल्यो । सानै उमेरमा उनी पोखरा महानगरपालिका वडा नं. १ को वडाध्यक्ष बने ३ पटक । पछि उनी पोखरा नगर पञ्चायतमा उप–प्रधानपञ्च हुँदै कार्यबाहक प्रधानपञ्च पनि बने । उनले पछिल्लो समयमा एड्स रोग सचेतनाका लागि २०६५ सालमा बृत्तचित्र बनाए । सो बृत्तचित्र निकै चर्चित बन्यो । सो बृत्तचित्रले फिल्म फेस्टिबल २०६५ मा जुरी अवार्ड पायो भने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा इन्करेज अवार्ड समेत प्राप्त ग¥यो । उनले हरेक अभिभावकलाई सल्लाह दिने गरेका छन्– आफ्ना सन्तान कहाँ जान्छन्, के गर्छन् ख्याल राख्नुपर्छ । रोजगारीका लागि बिदेश जाने युवायुवतिहरुमा एड्सको डढेलोले छोपेकोमा चिन्ता व्यक्त गर्दै भन्ने गर्छन्– सरकारले एड्स संक्रमितहरुलाई सिपमूलक तालिम केन्द्र खोलेर सहयोग गर्नुपर्छ । उनले पटक–पटक मर्नु भन्दा एक पटक मर्नु जाति शिर्षकमा म्युजिक भिडियो निकाले । प्रतिबद्धता चलचित्रको परिकल्पना एवं लेखन कार्य सम्पन्न गरे ।
पोखराको बगरमा जन्मिएका गौचनले २००६ सालतिर पोखराको पहिलो स्कुल पोखरा पब्लिक स्कूलमा (हाल राष्ट्रिय उच्च मा.वि.) अक्षर चिन्ने अवसर पाए । उनले १६÷१७ सालतिर कास्की पाउँडुरको प्राइमरी स्कूलमा शिक्षक भई सेवा पु¥याए । त्यसबेला उनलाई भारतीय राजदूूताबासको वेलयफेयर कोषबाट रु. ५० (भा रु) मासिक तलब दिने गरिन्थ्यो । पछि उनलाई पोखरा १३ भद्रकाली स्कूलमा सरुवा गरिदिए । जुनबेला हितबहादुर थापा हेडमास्टर थिए । गौचन सम्झन्छन्– त्यसबेला रमेशकान्त सिग्देल, चित्राङ्गद सिग्देल, तीर्थ शेरचन र म लगायतका शिक्षक थियौँ । प्राध्यापक रामगोपाल ढेवाजू, ई. कृष्णकान्त सिग्देल लगायतका थुप्रै विद्यार्थी थिए ।
गौचनलाई थप अध्ययन गर्ने रहर जाग्यो । यसका लागि उनी काठमाण्डौ हँुईकिए । पिता रामबहादुरले हातमा ३०० रुपैया राखिदिएको उनी अहिले पनि सम्झन्छन् । काठमाण्डौ पुगेपछि उनी लाजिम्पाट स्थित शान्ति विद्यागृहमा र कलेज अफ एजुकेसनमा पढ्न पुगे । टोलबासी साथीहरुको सहयोगमा उनी राजनितिमा होमिए । त्यसबेला पञ्चायती व्यवस्था थियो । उनी वडा अध्यक्ष हुने बेलामा नगेन्द्रबहादुर रायमाझी पोखराका प्रधानपञ्च थिए । अमरबहादुर कार्की प्रधानपञ्च हुँदा उनी उप–प्रधानपञ्च चुनिए । गाउँफर्क राष्ट्रिय अभियान जिल्ला अध्यक्ष हुँदै अञ्चल सभापति बन्न पुगे गौचन । त्यसबेला अभियानले गाउँघरमा प्रधानपञ्च लगायत जनप्रतिनिधि छान्ने गर्दथ्यो । उनीहरुले ज्येष्ठता, सामाजिक अभियन्ता र नैतिक चरित्रका आधारमा जनप्रतिनिधी छान्ने गर्दथे । त्यसबेला गाउँघरमा भ्रष्टाचार गरेको सुन्न पर्दैनथ्यो । पिता रामबहादुरले आफूलाई संधै जीवनमा कहिल्यैपनि भ्रष्टाचार नगर्नु र नैतिक चरित्र बचाउनु भन्ने शिक्षा दिएकोले जीवनभर प्रभाव परेको उनी दावी गर्दछन् । उनको दरबारसंग पनि गहिरो सम्बन्ध थियो । त्यसबेला राजाहरु पोखरा आउँदा उनलाई दर्शनभेट दिने गर्दथे । २०२८ साल ज्येष्ठ ३० गते राजा महेन्द्रबाट आफूलाई आदरपत्र प्रदान गरिबक्सेकोमा खुसी व्यक्त गरेको पुराना दिन सम्झन्छन् ।
उनी वडाध्यक्ष बन्नु अघि पोखराको बगर साँच्चीकै बगर थियो । धोविगौंडामा ढुंगा थुपारिन्थ्यो । मान्छे हिड्न समेत असहज थियो । बाटोघाटो पिच केही थिएन । पृथ्वीनारायण क्याम्पसको चउरमा पराजुलीहरुले कोदो, धानको बीउ राख्दथे । उनले वडाको विकासमा निकै ध्यान पु¥याए गौचन राम्रा फुटबल खेलाडी पनि हुन् । उनीहरु पोखराको टुँडिखेलमा कपडा पोको पारेर भकुण्डो खेल्ने गर्दथे । कतिबेला त उनीहरु भोगटे, नारङ्गीलाई पनि बल बनाएर खेल्दथे ।
वि.सं. २०१६ सालमा उनको विवाह सिद्धिकुमारीसंग भएको थियो । गौचन दम्पत्तीका २ सुपुत्र लेलिन र मानव हुन् भने १ सुपुत्री अम्बिका । लेलिन बेलायतमा बस्दछन् भने मानव पोखरामा आफ्नै व्यवसायमा सक्रिय छन् । सुपुत्री अम्बिका जापानमा छिन् । गौचनका २ भाइ छन् । एक भाइ मदन हुन भने अर्का भाइ कवि तथा गीतकार स्व. विनोद गौचन । उनले जति माया लाएपनि जतिकसम खाएपनि मायालुले... भन्ने कालजयी गीत रचना गरेका छन् । विनोदका दुई कृति निकै लोकप्रिय छन् । ढुङ्गेसाँघुको मेलामा र पोखरामा फूल फुल्दैन । उनले लुम्लेलाई कविता गाउँ घोषणा गरेका थिए । उनको सम्झनामा प्रतिमा निर्माण गर्नुपर्ने समाजसेवी विश्वमोहनको विचार छ । स्व. वहिनी वसन्ती लालचन पनि चर्चित गीतकार थिइन् । उनका मार्फा स्याउबारीमा भन्ने गीतले निकै लोकप्रियता हाँसिल गरेको थियो । सो गीत प्रसारण भएपछि धेरैले आ–आफ्नो गाउँ ठाउँका महिमामय गीतहरु बनाएर प्रचार प्रसार गर्न थाले जो स्वयं मा एक महत्वपूर्ण पक्ष हो ।
गौचन थकाली सेवा समितिका निवर्तमान अध्यक्ष पनि हुन् । उनलाई कवि भूपी शेरचन निकै मनपर्छ । गौचनले आफ्ना स्व. श्रीमती सिद्धिकुमारीको संझनामा एउटा पुस्तक सिद्धिशोक काव्य प्रकाशन गरेका छन् । हरेक सामाजिक कार्यमा रुची राख्दछन् । गौचनलाई टोल छिमेकिहरुले बरिष्ठ समाजसेवीका रुपमा हेर्ने गरेका छन् । उनको योगदानको कदरस्वरुप धेरे संघ संस्थाले सम्मानपत्र, कदरपत्र, अभिनन्दन पत्र प्रदान गरेका छन् । उनलाई हालसालै डागर स्मृति समाजसेवा पुरस्कार २०६९ ले सम्मानित गरिएको छ । उनी जोर्ज जोन प्रतिष्ठानद्वारा सम्मानित छन् । त्यस्तै पोखरा उद्योग वाणिज्य संघले उनलाई पूर्व महासचिवका रुपमा सम्मान व्यक्त गरेका छन् भने उनी गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशद्वारा २०६७ असोज ६ मा सम्मानित छन् । नेपाल एकिकृत नेत्रहिन विकास संघद्वारा सम्मानित गौचन । त्यस्तै नेपाल परिवार नियोजन संघले पनि सम्मान गरेको छ । उनलाई अनुपन म्युजिक पोखराले तीर्थहरी स्मृति प्रतिष्ठान समाजसेवा अवार्ड २०७६ द्वारा सम्मानित गरियो । उनी भूमिसुधार समितिको सल्लाहकार थिए । जिल्ला शिक्षा समितिको सदस्य, वालमन्दिर स्कुलका संस्थापक सदस्य, अनिवार्य निशुल्क प्राथमिक शिक्षा वढा नं. १ का सदस्य, नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रिय सदस्य एवं कास्कीका संस्थापक सदस्य, वालज्योति स्कूल बगरका संस्थापक अध्यक्ष, विश्व हिन्दु महासंघ जनजाति समन्वय समितिका संयोजक, भू.पू. खेलाडी मञ्चका सदस्य हुन्– विश्वमोहन । थकाली सेवा समितिका पूर्व केन्द्रिय उपाध्यक्ष अहिले पनि माछापुच्छरे वातावरण सुधार समिति पोखरा–१ का अध्यक्ष हुन् । उनले पोखरा नगर पञ्चायतमा भएको आदिकवि भानुभक्तको शालिकलाई पृथ्वीनारायणको कलेजको हातामा स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनी एड्स रोग निवारण कै लागि अहोरात्र जुटेका छन् । उनको विचारमा चेतना, सतर्कता र सचेतनाले नै एड्स रोगको मूल औषधि हो । उनको नारा छ– जनचेतना जगाऔं एच.आई.भी भगाऔं । उनलाई विश्वास छ कुनै न कुनै दिन एड्का विरुद्धमा वैज्ञानिकहरुले औषधी पत्ता लगाउने छन् । हुन त पूर्व सतर्कता अपनाउनु नै यसको मुख्य औषधी हो । तैपनि अज्ञानता, अशिक्षा र गरिवीको कारण यसको उपचार गर्न मान्छेलाई असहज भैरहेछ ।
धर्मकर्ममा रुची राख्ने गौचन कसैलाई चिढाउँदैनन् । उनी अरुको आलोचना गर्दैनन्, निरन्तर आफ्नो कर्ममा लागि पर्छन् । उनको जीवनमा सवैभन्दा ठूलो दुःख आफ्नो धर्मपत्नी सिद्धिकुमारीको वियोग थियो । उनले पूर्व जर्मनीमा भएको विश्व युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सन् १९७२ मा जर्मन पुगका थिए । उनी रुस, जर्मन, थाइल्याण्ड, बेलायत, जापान, भारत, हङ्गकङ्ग, कोरिया लगायतका मुलुक भ्रमण गरेका छन् । उनले पछिल्लो पटक सम्पदा कला मन्दिरबाट अग्रज समाजसेवी अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
गौचन दम्पत्तीले जीवन निर्वाहका लागि काठमाण्डौका खिचापोखरी र टेवाहलमा करिव १५÷१६ बर्ष होट व्यवसाय सञ्चालन गरेको देखिन्छ । प्रायः पोख्रेलीहरु गौचनका होटलमा बास बस्ने गर्दथे । गौचन दम्पत्तिको मिठो बोलीबचन र आतिथ्यताका कारणले पोख्रेलीहरु मख्ख पर्दथे । अहिले उनी गोमा थापा मगरको साथ बैवाहिक जीवन विताउँदै छन् पोखरा–१ बागबजारमा ।
पुस्तकको नामः व्यक्ति र व्यक्तित्व
लेखकको नामः रवीन्द्र माकाजू
ठेगानाः मालेपाटन, पोखरा
फोनः ९८१७१०७६२५
प्रकाशनः २०७७ आषाढ
पुस्तक डिजाइनः कृष्ण कम्प्युटर
(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।)
धन्यवाद !!!


0 Comments