जाडो सिजनमा पानी भन्दा रक्सीको खपत अधिक

रक्सीको खपतमा पोखराको नाम अग्रपंक्तिमा आउन थालेको छ । वर्षैपिच्छे रक्सी र वियरको खपत १०० प्रतिशतले वृद्धि भएर गएको रक्सीका व्यापारीहरू वताउँछन् । छाप्रे होटल देखी ठूला ठूला तारे होटलहरूमा जाडो सिजनमा खपत हुने पानी एकातिर र रक्सीजन्य पदार्थ अर्काेतिर राख्ने हो भने रक्सीको आयतन बढि हुन्छ भनि विज्ञ व्यक्तिहरू उल्लेख गर्दछन् । बेलुका भएपछि चियापसल, खाजा पसल, भोजनालय र होटलहरूमा रक्सीको व्यापार बढि हुने गर्दछ । कोदाको भनेपनि वास्तवमा युरिया मलबाट बनाइने ठर्रा देखि शीलबन्दी रक्सीहरूको व्यापार नभएको कुनै खाजाघर, रेष्टुरेन्ट, भोजनालय आदि भेटाउन सकिँदैन । रक्सी यति व्यापक भएको छ की विद्यालय परिसर अन्तर्गत रहेका पसलहरूमा समेत रक्सीको व्यापारलाई पहिलो प्राथमिकता दिइने गरेको पाइन्छ । विभिन्न विद्यालयहरूले आफ्नै परिसरमा निर्माण गरी भाडामा लगाइएका सटरहरूमा समेत रक्सी भट्टी चलाइएको पाइएको छ । विद्यालय परिसरबाट निश्चित दुरी हेरी रक्स्यालय चलाउन दिन नहुने प्रावधान रहेको भएता पनि त्यसको परिपालना गराउने तर्फ कसैको चासो गएको पाइएको छैन । कपडा पसल, फेन्सी पसल, औषधि पसल, कस्मेटिक्स पसल, विद्यालय क्याम्पस यत्रत सर्वत्र रक्सी नै रक्सीको कारोवार बढ्दै गएको छ । वेलावखतमा प्रहरीले लोकल मदिरालाई नष्ट गरेको देखिन्छ तर उत्पादन हुन रोकिएको छैन । घरेलु मदिरालाई जमिनकमा लगेर पोख्नुको अर्थ प्रहरीले अहिलेसम्म बुझाएको पाइएको छैन । घरेलु मदिरा स्वास्थ्यको लागि अति नै हानिकारक भएको कारणले प्रहरीले खोजेर पोख्ने गरेको हो वा लाइसेन्स नलिई उत्पादन गरेकोले अबैध भएर नष्ट गरेको हो र यता प्रदेश सरकारले गण्डकी प्रदेश अन्तर्गतका होमस्टेहरूलाई प्रोत्साहन गर्ने नीति लिएको छ । प्रदेश अन्तर्गतको पर्यटन मन्त्रालयले प्रकाशित गरेको होमस्टेहरूको पूर्ण विवरणयुक्त पुस्तकमा ति होमस्टेहरूमा खान पाइने भोजन, व्यञ्जन, कतिजनालाई आश्रय दिन सक्ने आदिको बारेमा उल्लेख गरिएको छ । साथै लोकल कुखुरा र लोकल (घरपाला) रक्सी (ठर्रा) पनि पाइने कुरा सो विवरण पुस्तकमा उल्लेख छ । वजारमा ठर्रा पोख्दै हिड्ने उता होमस्टेमा ठर्रा पाइन्छ भनेर प्रचार पनि गर्ने ? ठर्रा (घरेलु मदिरा प्रति सरकारको नीति नै प्रष्ट देखिएको छैन ।

Post a Comment

0 Comments