गाँजा सेवन गरेर मानिस खास बिग्रदैन जति रक्सी सेवन गरेर बिग्रन्छ । जबकी रक्सी खुल्लेआम निर्वाध रुपमा बिक्री भैरहको छ । पहिला यार्सा गुम्बा माथि पनि प्रतिबन्ध थियो । अहिले यसलाई खुल्ला गर्दा राजस्व बाट सरकारलाई ठूलो फाइदा भएको छ र स्थानीय जनतालाई पनि आम्दानीको श्रोत बनेको छ ।
गाँजा खेतीलाई वैधानिक दिलाउनु पर्ने मात्र संघीय संसद हुँदै प्रदेश सभामा पनि उठेको छ । यस सम्बन्धमा प्रतिनिधि सभामा विधेयक दर्ता भैसकेको छ र प्रदेश सभामा पनि प्रदेशसमा सदस्यहरुद्वारा दर्ता गर्ने अभियान चलिरहेको छ ।
गाँजाबाट विभिन्न किसिमका औषधिहरु बनाइने भएकोले औषधि कम्पनीहरुले कच्चा पदार्थको रुपमा स्वदेशमा पाइने गाँजालाई प्रयोग गर्न पाउने हो भन्ने कच्चा पदार्थको आयात प्रतिस्थापन हुन गै ठूलो धनराशी विदेशिनबाट जोगिन जान्छ । अहिले विश्वका विभिन्न मुलुकहरुमा गाँजा खेतीलाई वैद्यानिक बनाउने अभ्यास भैइरहेको छ । विगतमा प्रतिबन्ध लगाएका मुलुकहरुले समेत यस माथिको प्रतिबन्ध हटाउन थालेका छन् ।
वि.सं. २०३० को दशक भन्दा अगाडि नेपालमा गाँजा खुल्ला थियो । गाँजा खाने वा यसको सेवन गर्ने व्यक्ति शान्त र काममा एकत्रित भएर लाग्ने भएकोले रक्सीभन्दा यो कम हानिकारक मानिन्छ । वि.सं. २०३० को दशक अगाडि सम्म अहिले जस्तो अरु लागु पदार्थको उत्पादन नभएकोले युवाहरु खासै बिग्रेका थिएनन् । जब नेपालमा पश्चिमी देशका पर्यटकहरु यहाँको गाँजा खान भनेर आउन थाले त्यसपछि अमेरिका लगायत पश्चिमी मुलकहरुले आफ्ना युवाहरुलाई नियन्त्रण गर्ने नाममा गाँजा माथि प्रतिबन्ध लगाउन थाले । त्यही लहलहैमा लागेर नेपालमा पनि प्रतिबन्ध लगाइयो । विदेशीहरुको दवावमा प्रतिवन्ध लगाइएको थियो । गाँजा माथि प्रतिबन्ध लगाउदाको परिणाम यस्तो भयो की सीमित मात्रा गाँजाको सेवन गर्नेहरु त्यसको विकल्पमा व्राउन – सुगर, स्म्या्क, डाइजोपामा जस्ता घातक लागु पदार्थको सेवन गर्न लागे । परिणामत चोरी, हत्या जस्ता अपराधमा दिनानुदिन वृद्धि हुँदै गयो । यस्ता लागु पदार्थ खरिद गर्न ठूलो धनराशी सीमा पार गयो भने युवाहरुको स्थिति अरु डामाडोल बन्दै गयो । जुन अहिले पनि यस्तै रहेको छ ।
रक्सी, सुर्तीलाई वैद्यानिकता वा दिने सरकारले गाँजा माथिको प्रतिवन्ध फुकुवा गरि यसको व्यावसायिक खेती गर्ने वातावरण सृजना गर्दा लाखौँ लाख युवाहरुले रोजगारी प्राप्त गर्ने अवस्था सृजना हुन्छ । उत्पादित गाँजालाई औषधी बनाउने कम्पनी खोली औषधी बनाउँदा औषधीको खरिदमा बाहिरिने अथाह धनराशी स्वदेशमै रहन्छ । नेपालमा उत्पादित गाँजा विश्वस्तरमै १ नम्बरको रहेको छ । विगतमा जुन बेला गाँजा माथि प्रतिबन्ध लागेको थिएन त्यसवेला नेपालको गाँजा दक्षिण एशियामै व्राण्डको रुपमा रहेको थियो । सिंहदरवार स्थित वैद्य खानाले गाँजाको प्रयोग गरि आयुर्वेदिक औषधिहरु बनाउँदथ्यो र छिमेकी देश भारतमा पनि नेपालको गाँजाको मुल्य उच्च थियो । पश्चिमी देशहरुको दवावमा गाँजा माथि प्रतिबन्ध लगाइएकोमा अहिले कतिपय देशहरुले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । अमेरिका, क्यानडा लगायत ६२ देशहरुले अहिले गाँजा खेती माथिको प्रतिबन्ध हटाई यसको खेतीलाई बैद्यानिकता दिएका छन् । बिरामीलाई अप्रेशन गर्दा प्रयोग गरिने औषधी गाँजाबाट बनाउने र शरिरको दुखाई कम गर्ने औषधिहरु समेत गाँजाबाट बन्ने भएकोले औषधिको लागि यो महत्वपुर्ण कच्चा पदार्थ मानिन्छ । गाँजाको पातबाट बन्ने चरेशको मुल्य त अझ कति हो महंगो छ । चरेश महत्वपुर्ण औषधि भएको कुरा आयुर्वेदमा उल्लेख छ । गाँजा सेवन गरेर मानिस खास बिग्रदैन जति रक्सी सेवन गरेर बिग्रेन्छ । जबकी रक्सी खुल्लेआम निर्वाध रुपमा बिक्री भैरहको छ । पहिला यार्सा गुम्बा माथि पनि प्रतिबन्ध थियो । अहिले यसलाई खुल्ला गर्दा राजस्व बाट सरकारलाई ठूलो फाइदा भएको छ र स्थानीय जनतालाई पनि आम्दानीको श्रोत बनेको छ ।
गाँजा माथि प्रतिबन्ध लगाइएपछि सिंहदरवार वैद्यखानाले बनाउने कतिपय औषधीहरुको लागि आवश्यक पर्ने कच्चा पदार्थ बाहिरबाट मगाउन थालेको छ । त्यस अन्तर्गत गाँजा पनि पर्दछ । गाँजा खेती गर्न नेपालको सन्दर्भमा अति उत्तम अवस्था देखिन्छ । यसलाई मल, जल, गोडमेल केहि गर्न नपर्ने, यसको पात र चोपबाट औषधी, वियाँबाट तेल, छोक्राबाट अंचार, यसको वोक्राबाट बलियो खाले डोरी बन्दछन् । ३०० ई.सं. मा समेत गाँजाको प्रयोग विभिन्न किसिमले गरिएको थियो । आठौँ शताब्दीमा गाँजाको रेशाबाट यूरोपमा कागज बनाइएको र त्यही कागजमा बाइवल छापिएको थियो । समुद्रमा चलाउने जहाज र डुँगामा गाँजाको लोक्ताबाट बनेका डोरीहरुको प्रयोग गरिन्थ्यो । सब १९७१ मा बनेको हरेराम हरेकृष्ण नामक हिन्दी चलचित्र नेपालको पशुपतिनाथ र काठमाडौँका विभिन्न स्थानहरुमा सुटिङ्ग गरिएको थियो । त्यतिबेला साधुसन्तहरुले गाँजाको सेवन गरेको दृश्यहरुलाई चलचित्रमा देखाइएकोले त्यसबाट प्रभावित भै भारत लगायतका देशबाट पर्यटकहरु नेपाल आउन थाले र सो क्रम वर्षेनी बढेर गयो । वि.सं. बिसको दशकको प्रारम्भ ५÷७ ग्राम सेवन गर्ने पर्यटकहरुलाई समाती कार्वाही गर्ने हजारौ हजार रुपमा दण्ड जरिवाना गर्ने कानून बनादिएपछि पर्यटकहरुको आगमन क्रमश घट्दै गयो । नेपालमा विकास गर्न र विदेशी मुद्राको आर्जन गर्न पर्यटन उद्योगलाई प्रोत्साहन गरिनु पर्दछ । नेपालमा आउने पर्यटकहरु मध्ये छिमेकी देशबाट मात्र नभै अन्य राष्ट्रहरुबाट पनि धार्मिक पर्यटकहरु प्रशस्त आउने संभावना छ । मन्दिर तथा पशुपतिनाथ, पाथीभरा, मनकामना र सुपादेउराली, कालिका भगवति लगायत सयौं धार्मिक स्थानहरुलाई पर्यटन प्रवद्र्धन केन्द्रको रुपमा लिइनुपर्दछ र लुम्बिनी त विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थान भएकोले त्यसको महत्व अन्तराष्ट्रिय स्तरमै रहको छ ।


0 Comments