कोरोना भाईरसको नियन्त्रणका लागि झण्डै विश्वभरका प्राय देशहरुले गरेका नियन्त्रणत्मक कार्य र लकडाउन नेपाल सरकारले पनि कार्यान्वयनमा ल्यायो । करिब छ महिना सम्म गरिएको नियन्त्रणात्मक अभियान र लक डाउनले संक्रमणको संख्या घट्नु त परैजावस् दिनानुदिन वृद्धि समेत हुँदै गएको छ । यस अवधिमा मृत्यु हुनेहरुको संख्या पनि बढिरहेको छ ।
संक्रमितको संख्या यहि रुपबाट बढ्दै जाने हो भने केहि दिनपछि नेपालले संक्र मितको संख्यामा चीनलाई माथ गर्ने संभावना छ । चीनवाट महामारीको रुपमा शुरु भएको कोरोना महामारी अहिले विश्वमा फैलिएकोे छ ।
यसको महामारीबाट संक्रमित हुनेहरुको संख्या करोडौँ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि लाखौँ पुगिसकेको छ । तर उद्गमस्थल चीनले भने यो महामारीलाई छोटो समयमै नियन्त्रण गरी विश्वलाई आश्चर्य चकित तुल्याई दिएको छ । नेपालमा यातायात लगायत सबै क्षेत्रमा सरकारले निगरानी गरेको र निषेधार, लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दा किन संक्रमण र मृत्युको श्रृङ्खला बढिरहेको छ भन्ने सम्बन्धमा कतिपयले सरकारको कमजोरीलाई नै बढि देखाएका छन् ।
प्रारम्भमा सरकारले सीमा क्षेत्रमा यथाचित्त कडाई एवं उद्धार गर्न पट्टी गएको भए भारतबाट आउने संक्रमितको कारणले यो स्थिति अवश्यै पनि आउने थिएन । अर्को तर्फ स्वयं नेपालीहरुको लापर्वाहि प्रवृतिको कारणले संक्रमितको संख्या वृद्धि हुँदै गएको हो । सावधानीका उपायहरु मध्य व्यक्तिगत दुरीलाई राम्रोसँग परिपालन नगरिएको हुनाले पनि संक्रमणको दर बढेर गएको कुरालाई इन्कार गर्न सकिदैन । बजारमा किनमेल गर्दा भीडभाड गर्न स्वंय क्रेता (ग्राहक) हरु नै उद्घत रहेका देखिन्छन् ।
त्यस्तै युवायुवतीहरुले पनि नियमको त्यति पालना गरेको देखिदैन । व्यक्ति व्यक्तिको लापर्वाहीले अहिले यो रुप लिएको छ । नेपालीमा स्वच्छन्द स्वभाव दिनानुदिन बढिरहेको छ । त्यही स्वच्छन्दताको कारणले युरोप र अमेरिकामा नियन्त्रणमा आउन सकेको छैन भने वेलायत लगायत कतिपय युरोपियन देशमा कोरोनाको दोश्रो लहर सृजना हुन गएको छ । त्यहाका सरकारहरुले सार्वजनिक स्थानहरुमा मास्क अनिवार्य लगाउनु पर्ने र सावधानीका विविध उपायहरुको परिपालना गराउन निर्देशनहरु जारी गरेता पनि बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रिया तथा स्विइजरल्याण्डका विभिन्न सहरहरुमा भाइरस नियन्त्रण गर्न लगाइएका प्रतिवनधहरुको बिरोधमा प्रदर्शन हुन थालेका छन् । जर्मनीमा त संविधानले दिएको अधिकारलाई कुंठित गर्न पाईदैन भन्दै स्वतन्त्रताको उपभोग गर्न पाउनुपर्ने माग सहित प्रदर्शनी भएका छन् । त्यसैको सिको गरि नेपालमा पनि स्वच्छन्दता बढिरहेको छ । जर्मनीमा त संविधानले दिएको अधिकारलाई कुठित गर्न पाउदैन भन्दै ओकहरुलाई निबोध रुपमा स्वतन्त्रताको उपभोग गर्न दिनुपर्ने मात्र सहित प्रदर्शनी भएका छन् । त्यसैको सिको गरी नेपालमा स्वच्चकता बढिरहेको छ ।
लेखकः पदम रेग्मी
माछापुच्छरे न्यूज, साप्ताहिक

0 Comments