२०७२ असोज ३ गते नेपालको संविधान जारी हुँदा जुन उत्साह र उमङ्ग जनतामा छाएको थियो त्यो उत्साह र उमंग क्रमश वर्षेपिच्छे घट्दै गएको छ । त्यतिबेला उत्साहित एवं खुसी हुँदै सडकमा उत्रेका व्यक्तिहरु समेत अहिले खिन्नको अवस्थामा पुगेका छन । यो स्थिति आउनुमा स्वयंम राजनीतिक दलहरुको भूमिका नै प्रमुख रहेको छ । सत्ता र शक्तिको वरीपरी रहने राजनीतिक दलका नेताहरुको कारणले त्यति ठूलो बलिदानी र प्रतिक्षा पश्चात् आएको संविधानको मर्म र भावनामा प्रहार भैरहेको छ ।
संविधानमा जनताका नैसर्गिक अधिकार अन्तर्गत भनिएका विषय वस्तुहरु स्वयंम सत्तासिनहरुको लागि त्यत्ति महत्वपूर्ण लाग्न सकेका छैनन् । संविधान माकुराको जालो जस्तै साना किराहरु फस्ने ठूला किराहरुले तोडे जस्तै शक्तिशालीहरुले तोडेर आफ्नो मनोस्वार्थ पूर्ण गराउने क्रम निरन्तर चलिरहेको छ । संविधान दिवश २०७७ को उपलक्ष्यमा विभिन्न राजनैतिक दलहरुले र तिनमा पनि उच्च पदस्थ नेताहरुले विभिन्न शुभकामना मन्तव्य र वक्तव्य जारी गरी आफ्नो औपचारिकता निर्वाह त गरे ।
यो संविधान जारी गर्न कति जनताको बलिदानी भयो र ति बलिदानी गर्नेहरुको परिवारको अवस्था कस्तो छ, तिनीहरुले के सोचेका थिए त्यस संबन्धमा यि नेताहरुले अहिले सम्म गहन रुपले सोचेको पाइएको छैन । माफिया, भ्रष्टाचारी र मुलुकमाराहरुको जगजगी दिनानुदिन बढ्दै गैरहेको छ तर तिनीहरुको कनेक्सन सत्ता र शक्तिमा रहेका दल वा नेताहरु सँग जोडिएको छ ।
संविधान दिवशको उपलक्ष्यमा सरकार प्रमुख र राष्ट्र प्रमुखहरुबाट देशवाशीका नाममा दिइएको शुभकामना सन्देशमा प्रयुक्त शब्दावलीहरुको मनन गर्नु वाञ्छनीय हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जारी शुभकामना सन्देशमा संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्ना तर्फबाट इमान्दार प्रयास जारी गर्न आह्वान गरिएको छ ।
उनको यस आह्वानको कत्तिको परिपालना भएको छ ? सरकार प्रमुख, राष्ट्र प्रमुख मन्त्री, आसेपासे र अन्य शक्तिशाली निकायमा रहेकाहरुबाट कत्तिको परिपलाना भएको छ त्यस सम्बन्धमा पनि वौद्धिक व्यक्तिहरुको ध्यान आकृष्ठ हुन जरुरी छ । यस्ता वक्ताव्यहरु जारी गरिदै गरेका अवस्थामा संविधानको खिल्लाी उडाउने गरी निर्वाचनमा जनताद्धारा तिरस्कार गरिएका व्यक्तिहरुलाई राष्ट्रिय सभामा मनोनयन गरिएको फेहरिस्तको सार्वजनिकरण र टीका टिप्पणीहरु त्यत्तिकै मात्रामा भैरहेको थियो र यो चर्चा अहिले पनि राष्ट्रिय स्तरकै रहेको छ ।
संविधानको ठेलीले एक्सन नलिने र सो ठेलीमा उल्लीखित प्रावधानहरुलाई शिरोपर गर्नुपर्ने दायित्व सत्ता, सक्ति, संसद मा रहेका र संविधान जारी गर्नमा भूमिका खेल्ने दलका शिर्षस्थ नेताहरुमा रहनुपर्दछ ।
स्वयं यिनिहरुबाट नै संविधानको खिल्ली उडाउने कार्यहरु वग्रेल्ती भैरहेका अवस्थामा राष्ट्रपतिको सन्देशमा प्रयुक्त शन्दावलीहरु यस्ता छन् – “संविधान दिवशले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हाशिल गर्न सबै जनप्रतिनिदिमुलक संस्था राजनैतिक दल तथा राज्यका सबै अंगलाई संवैधानिक मुल्य मान्यता कार्यान्वयन गर्न प्रेरणा दिनेछ ।”
लेखकः पदम रेग्मी
माछापुच्छरे न्यूज, साप्ताहिक

0 Comments