नाकावन्दी लगाइएता पनि त्यसको कुनै नकारात्मक असर पर्नबाट आफ्नो मुलुकलाई जोगाएको कतार सरकारले कोबिड १९ को कारण रोजगारी गुमेर नेपाल फर्कने तैयारीमा रहेका नेपालीलाई पुन काममा समायोजना गर्ने नीर्ति लिएपछि हजारौ नेपालीहरुलाई राहत मिलेको छ । कतारमा अहिले ३ लाख ५ हजार नेपाली श्रमिक रहेका छन् । र उनीहरुले वार्षिक ७७ करोड डलर रेमिटेन्स पठाएर नेपालको अर्थतन्त्रलाई टेवा पु¥याइरहेका छन् ।
कोविड १९ को कारणले विश्व अहिले एक किसिमले अस्तव्यस्त छ । कैयौँ मुलुकको अर्थतन्त्र थला परेको छ । कैयौ उद्योग व्यवशाय धराशायी हुन पुगेका छन् । कतारमा पनि कोविड १९ को कारण कैयौ उद्योग – व्यापारिक प्रतिष्ठानलाई ठूलो असर नपरेको हैन तर त्यहाँको सरकारले त्यसप्रति अति संवेदनशील भएर काम गरिरहेकोले अन्यत्रको जस्तो स्थिति त्यहाँ छैन ।
त्यहाँ रहेका स्वदेशी र विदेशी नागरिकलाई कोरोनाको उपचारको सन्दर्भमा सरकारले समान नीति कायम गरिरहेको छ । आफ्नो देशमा कानुनी प्रक्रिया वा श्रम ऐन अनुसार प्रवेश गरि श्रममा सरिक विदेशी कामदारलाई आफ्नै नागरिक सरह उपचारको व्यवस्था गर्ने परिपारी रहेकोले कतारमा रहेका नेपाली श्रमिकलाई कोबिड १९ ले पारेको प्रभावको बारेमा स्वयंम त्यहाँ स्थित नेपाली राजदुतावाशले पनि कुनै जानाकारी नपाउने र आफ्ना नागरिकको बारेमा चिन्ता गर्नुपरेको स्थिति छैन । कोविडको महामारी फैलिन शुरु भएपछि विश्वका विभिन्न मुलुकबाट स्वदेश फर्कने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेता पनि अब कतारबाट रोजगारी गुमाएर स्वदेश फर्कन नाम दर्ता गरेकाहरु पनि फर्कन नपर्ने भएको छ । अहिले सम्म ८ हजार १७१ जना नेपालीहरु कतारबाट स्वदेश फर्किसकेका छन् भने फर्कनेको लागि नेपाली राजदुतवासमा २ हजार २२१ जनाले नामदर्ता गराएका छन् । यिनिहरु मध्ये ५ प्रतिशतको संख्याले रोजगारी गुमाइएका छन् ।
अब कतार सरकारले एउटा कम्पनीबाट रोजगारी गुमाएर फर्कन पर्ने अवस्थामा रहेकाहरुलाई अर्को कम्पनीमा सिफ्ट गर्ने नीति ल्याएको छ । यसबाट फर्कन चाहनेहरुले पुन काम पाउने भएकोले उनीहरु निकै खुसी भएको बताइन्छ । सेवा, ढुवानी र मझौला कम्पनीमा कार्यरत नेपालीहरुको धेरै जसोको रोजगारी गुमेको छ । स्वदेश फर्कन नपाएका र खान समेत नपाएका ७ हजार नेपालीलाई कतार च्यारिटीले नेपाली राजदुतावास र एनआरएनको सहयोगमा खाना उपलब्ध गराएको छ । भिसाको म्याद सिद्धिएर कतिपय लुकेर बसेको अवस्था छ ।
भिसाको म्याद सिद्धिएर बस्नेले जरिवाना तिर्नुपर्दछ । तर तिनिहरुलाई पनि म्याद थपेर रोजगारीमा लगाउने तैयारी कतार सरकारले गरेको छ । आगामी विश्वकप परियोजनालाई सम्पन्न गर्नुपर्ने भएकोले कतारलाई विदेशी श्रमिकको अझै आवश्यकता छ । कतारको निर्माण क्षेत्रमा संलग्न श्रमिक मध्ये नेपाली श्रमिकको संख्या ३० प्रतिशत रहेको छ ।
Padam Regmi/Machhapuchhre News

0 Comments