विवाह पञ्चमी देखी नेपाल भारत बीच रेल सेवा शुरु हुने


गत हप्ता भारतको जयनगरबाट नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ । २ वटा सेट नेपाल ल्याएका छन् । प्रतिसेटको यात्रु वाहक क्षमता १ हजार ३ शय रहेको छ । जनकपुर – जयनगरमा संचालन हुने रेलको इन्जिन र वोगी भारतको मद्रासमा बनाइएको हो । २ थान १६शय एचपी डेमु रेलसेट ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको कुरा रेलवे कम्पनीले जनाएको छ । यो रेलको सीट जमता प्रति घण्टा ११० कि.मि. को हुने बताइएको छ । उक्त रेलमा प्रयोग गरिएको रंग राष्ट्रिय झण्डामा प्रयोग गरिएको रङग जस्तै रहेको छ जयनगर – जनकपुर – सीतापुर भंगाहा – बर्दिवास रेलमार्गमा यात्रु रेल सञ्चालन गर्न २०७५ चैत्र ४ गते मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । न्यारोगेज रेलसेवालाई व्रोड गेजमा विस्तार गर्न २०७१ चैतमा नेपाल र भारत सरकार बीच सम्झौता भएकोमा तराईमा भएका वन्द, हड्ताल र राजनीतिक खिचातानीका कारण व्यवधान हुन पुगी विलम्ब हुन पुगेको हो । ३५ कि. मि. दुरीमा सञ्चालन हुने यो रेलसेवामा जयनगर, इनर्वा, खजुरी, वैदेहि र कुर्थामा स्टेशन रहने छन् । 

नेपालमा रेलसेवाको प्रारम्भ आजभन्दा ९२÷९३ वर्ष पहिला भएको थियो । नेपाल अमलेख गञ्ज – रक्सौल हुँदै चलेको रेल यातायात सेवाको दुरी ३९ कि.मि. को रहेको थियो । त्यस्तै जनकपुर – जयनगर रेलमार्ग महोत्तरीको विजलपुरासंम विस्तार गरिएको थियो । व्रिटिश इष्ट इण्डिया कम्पनी सरकारले जनकपुर – जयनगर रेलमार्ग नेपाल र नेपालीको सुविधालाई ध्यानमा राखी सो रलमार्ग बनाएको नभै नेपालबाट शाल र शिशौको काठ लैजानको लागि बनाइएको थियो । त्यतिबेला नेपालको तराई क्षेत्रमा साल र शिशौका घना जंगलहरु रहेका थिए । सयौ वर्ष पुराना साल र शिशौका वृक्षहरु देखेर व्रिटिश इष्ट इण्डीया कम्पनीले तत्कालिन राणा सरकारलाई हातमा लिई उक्त रेलमार्ग वनाई अथाह मात्रामा साल र शिशौ भारत लगेको थियो । रेलका पटरी निर्माण गर्न यही साल प्रयोग गरिएको थियो । पंचायती व्यवस्थाको थालनीको बेलामा नेपालको काठ निकासीमा कडा पारिए पछि यो रेलमार्गमा यात्रुहरुको आवज जावत गर्ने क्रम शुरु भयो । 

२०६३ सालको राजनैतिक परिवर्तन पश्चात् राजीतिक हस्तक्षेपको शिकार बन्दै व्यापारिक दृष्टिकोणले प्रभावकारी रहेको रेल सेवा जर्जर बन्दै गयो । राजनैतिक हस्तक्षेप, बारम्बार भैरहने प्रबन्धकको परिवर्तन र कर्मचारीहरुको हेलचेक्रयाइको कारणले व्यवस्थापन अस्तव्यस्त हुँदै पुरानो इन्जिन र गाडी पनि कवाडीमा परिणत भएपछि २०७१ माघबाट रेलसेवा पूर्ण रुपमा बन्द भयो । यतिखेर ल्याइएको रेल आगामी विवाह पञ्चमीबाट शुरुवात गरिने कुरा विभागले जनाएको छ । अहिले यसको जस लिने होडवाजी निकै चलेको छ । सत्तासिन पक्षधरहरुले वर्तमान सरकारले गर्दा नै रेलसेवा संचालन हुने भयो भन्दैछन् भने प्रमुख प्रतिपक्षले पूर्व राष्ट्रपति रामवरण यादवको पालामा सहमति भएको बताउन थालेका छन् । विगतमा संचालित विभिन्न उद्योग, रोपवे, ट्रलीवस, कारखानाहरु बहुदलको आगमन पश्चात् सरकारद्धारा नै बिक्रि र बन्द गरिए । यिनिहरुको संचालन गरिनु पर्ने माग पनि उठिरहेको छ । 

Padam Regmi/Machhapuchhre News/Weakly/Pokhara

Post a Comment

0 Comments