बुद्धिजीवीहरु परजीविमा रुपान्तरण


 बौद्धिक सहयोग पुर्याउने उद्देश्यले बनाईएको थिंक ट्रयाकहरुको समूहले सरकारलाई के कस्तो बौद्धिक सहयोग गरेको छ । त्यसको बारेमा कहिँ कतैपनि चर्चा सुनिएको छैन । सरकारमा रहनेहरुले २०४६ सालपश्चात् बौद्धिक सल्लाह लिने गरेको पाईंदैन र यो स्थिति यद्यपि रहिआएको छ । बौद्धिकताको नाममा कैयौँ संस्थाहरु खुलिरहेका छन् । यतिमात्र नभै विभिन्न दलहरुको निकटका बुद्धिजीबी संगठनहरु त जिल्ला पिच्छे गठन भैरहेका छन् । यी बुद्धिजीवि संगठन आबद्ध रहेका बुद्धिजीवि भनाउँदाहरुले अहिलेसम्म आफ्नो वर्कत र बुद्धि खासै खर्च गरेका पाईएको छैन । यस्तो स्थिति बुद्धिजीवि भनाउँदा व्यक्ति र संस्था वा संगठनहरुको रहेको छ भने सरकारलाई सहयोग गर्ने उद्देश्यले गठन गरिएको थिंक ट्याङ्कको समूहको पनि अवस्था भिन्न नरहेको प्रतित हुन्छ । प्रधामन्त्री र उनको मातहतमा रहेका मन्त्रीहरुले वौद्धिक व्यक्तिहरुलाई त्यति स्थान नदिएको प्रतित हुन्छ । किनकी सरकारमा रहनेहरु आफु नै बुद्धिजीवि रहेको महसुस गरिरहन्छन् । जिल्ला जिल्लामा गठन गरिएका वुद्धिजीवि संगठनहरुमा रहेका वुद्धिजीविहरुको हैसियत जस्तो छ, केन्द्रमा सरकारले गठन गरेको थिंक ट्रयाकमा रहनेहरुको अवस्था पनि उस्तै रहेको छ । बुद्धिजीविहरुसँग रायसल्लाह लिने र त्यसै अनुरुप आफु चल्ने तल्ला तहदेखि माथिल्लो तहका नेताहरुको स्वभाव नरहेको र प्रधानमन्त्री एवं मन्त्रीहरु पनि सोही शैलीका रहेका छन् । अरुसँग सल्लाह लिने हो भने आफु सानो हुने हिन भावना नेताहरुमा रहेको छ । २०४६ सालपछि निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग टनकपुर सन्धी गर्दा बैद्धिक वर्गसँग कुनै रायसल्लाह लिएका थिएनन् । त्यतिबेला विद्वान वर्ग कस्ताथिए होलान् सहजै अनुमान गर्न सकिन्छ । त्यतिबेला तत्कालिन प्र.म. कोइरालाले जलश्रोत मन्त्रालयका प्राविधिकहरुसँग समेत कुनै सल्लाह लिएका थिएनन् । एक मेघावाट विद्युत कति युनिट हुन्छ त्यो कोइरालालाई थाहा थिएन साथै उनले आफुसँगै गएका टोलीमध्येका प्रविधिकहरुसँग पनि सोधनी गरेनन् । भारतीय पक्षले कोइराला र उनको टोलीलाई यस्तरी चिप्ल्याइदियो की एक मेघावाट विद्युत नेपाललाई दिने भनि गरिएको टनकपुर सन्धिमा १ करोड यूनिट भनि उल्लेख गरियो । त्यसलाई सरकारले ठूलो उपलब्धी हासिल गरेको भनी आत्मप्रसंसा निकै ग¥यो । सरकारले टनकपुर सन्धी मार्फत नेपालले अत्याधिक फाइदा उठाएको भन्दै त्यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी भनि प्रचार गर्न लागिप¥यो । आखिरमा टनकपुर सन्धीबाट नेपालले आफ्नैै भूमि समेत गुमाएको र महाकाली नदी भारतको मात्रै निजी पेवा जस्तै हुन गएको छ । अहिले विभिन्न दलमा लागेका बुद्धिजीविहरुले नेताको चाकरी चारलुसी र दलहरुको दलाली भन्दा अरु केहि गर्न जानेका छैनन् । जसले मौलिक विचार र चिन्तन व्यक्त गर्दछ त्यो व्यक्ति दल र नेताहरुको दृष्टिमा वुद्धिजीवि बन्न सुहाउँदैन । बुद्धिजीवि बन्नु छ भने दल र नेताको वरिपरि केन्द्रित रही नेताहरुको स्वभावलाई बोकेर हिडनु बाञ्छनिय योग्यता मानिन्छ । कथित विद्वत् र बौद्धिक व्यक्तिहरुले मौलिक विचार र आस्था प्रकट गर्ने संस्कारको सर्वथा अभाव रहिआएको र देश वा जनताको हितमा आफ्नो वर्कत र सामथ्र्यको लगानी गर्नुभन्दा वैयक्तिक स्वार्थ र हितलाई मात्रै सर्वोपरि स्थान दिने प्रवृत्ति अधिकांश वौद्धिक एवं विद्वत वर्गमा रहिआएकोले वर्तमान सन्दर्भमा आफूलाई वौद्धिक एवं विद्वत भनाउँदाहरुबाट राष्ट्रले यथोचित उपलब्धि हासिशल गर्न सकेको छैन । अहिले विद्धत एवं वौद्धिक वर्गहरु मुलुकलाई सपार्न त टाढाकै कुरा कसरी विगार्ने भन्नेमा नै आफ्ना सारा शक्तिको दुरुपयोग गरिरहेका छन् । मुलकलाई सपार्नमा र विगार्नमा सहर बजारका र दुरदराजका जनताको वीचमा तुलना गर्ने हो भने शहरबजारका नै मुख्य दोषि देखिए जस्तै साक्षर वा निरक्षर र शिक्षित व्यक्तिहरुको वीचमा तुलना गर्दा साक्षर र त्यसमा पनि निरक्षर व्यक्तिहरुको वीचमा तुलना गर्दा साक्षर र त्यसमा पनि निरक्षर व्यक्तिले जसरीनि निस्वार्थ भावले आफ्नो सामथ्र्यले भ्याएसम्म राष्ट्रलाई जसरी सहयोग गरिरहेका छन् शिक्षित भनाउँदा व्यक्ति वा समूहहरुले उल्टै दोहन गरिरहेका छन् । वुद्धिजीविहरु वास्तवमा बुद्धिजीवि नभै स्वार्थको लागि नेता र दलका परजीविमा परिणत भएकै कारणले यिनीहरुको लेखाजोखाका हुन छाडेको छ ।

Writer: Padam Regmi

Machhapuchhre News//Pokhara

Post a Comment

0 Comments