वलिप्रथाको विरोधको कुनै अर्थ रहँदैन

केहि वर्ष यताबाट देवी–दुर्गाका मन्दिरमा पशु तथा पंक्षीको वलि दिने कार्यको विरोध गर्ने क्रम शुरु भएको छ । घरपालुवा पशु तथा पंक्षी पालकहरूले मासुकै लागि पालन गर्दै आइरहेका र अहिले त व्यवशायकै रूपमा फस्टाउँदै गैरहेको स्थितिमा वलि प्रथाको विरोध गर्नुको उद्देश्य के हो बुझ्न अधिकांशलाई हम्मे हम्मे परेको छ । विरोध गर्नेहरूले शाकाहारी अभियानलाई अगाडि बढाउन यसको विरोध गरेको नभै मठमन्दिर तथा शक्तिपिठहरूमा वलि दिइने कार्यको विरोध गरेको हुनाले यो उनीहरूको सन्दर्भमा केवल धर्मसँग मात्र सम्बन्धित रहेको छ÷ देखिन्छ । सस्तो लोकप्रियता आर्जन गर्नको लागि हो वा शास्त्रीय वा पुराण–उपपुराणहरूमा उल्लेखित कुरालाई नवुझेर हो विरोध गर्ने क्रम यथावत् रूपमा रहेको छ । यसबेला कोरोना विषाणुको महामारी फैलिएकाले मन्दिर र शक्तिपीठहरूमा जान राज्य स्तरबाटै अनुमति नदिइएकोले वलि प्रथाका विरोधीहरू चुपचाप रहिआएका छन् । यो विशोध केवल दशैंको पूर्व सन्ध्यामा हुँदै आइरहेको थियो ।

दुर्गा मन्दिर वा शक्ति पिठहरूमा वलि दिने कार्यको विरोध गर्नेहरूले हिन्दुका शास्त्र वा पुराणहरूमा वलिप्रथाको बारेमा के उल्लेख गरिएको छ त्यसतर्फ नजर नपु¥याएको प्रतित हुन्छ । नवदुर्गामा प्राय हिन्दु धर्मावलम्वीहरूले नियमित रूपमा पाठ पारायण गर्दै आइरहेको श्री दुर्गा सप्रशतिमा वलि प्रथाको वारेमा के उल्लेख गरिएको छ त्यसको बारेमा कुनै हेक्का राखेको पाइँदैन । पाठपारायण गर्नेहरूले त्यहाँ उल्लेख गरिएको कुरालाई नबुझी नबुझी पढिरहेका छन् । नबुझी नबुझी पढेको खासै अर्थ हुँदैन र अधिकांशले नवुझी नबुझी पढिरहेका छन् भन्दा अत्युक्ति हुँदैन । दुर्गा सप्रशतिको बाह्रांै अध्यायको दशैं श्लोकमा देवीले भनेकी छिन्– बलिप्रदाने पूजायामग्निकार्ये महोत्सवै। सर्ब ममैत्तच्चरितमुच्चाय श्रावमेवच । यसको अर्थ हुन्छ– बलि, पूजन, हवन तथा महोत्सवको अवसरमा मेरो यो चरित्रको बारेमा पूर्णरूपमा पाठ तथा श्रवण गर्नुपर्दछ । पाताललोक निवाशी दानवहरूले कहिले महिषासुरको नेतृत्वमा कहिले शम्म निशुम्मको नेतृत्वमा स्वर्ग, मत्र्य र पाताल तिनै लोकमा शासन गरेको बेलामा स्वर्गबाट खेदिएका देवताहरूको पक्षमा विभिन्न नारी रूप धारण गरी देवीले दानवहरूको संहार गरेको कुरा सो उपपुराणमा उल्लेख छ । आठौं अध्यायमा शुम्भको सेनापति मध्येको एक रक्तविज नामक अशुरको प्रसंग छ । उसको रगतका प्रत्येक थोपाबाट तत्कालै रक्तविज सरहका दैत्यहरू उत्पन्न भएपछि वैष्णवी, कौमारी, माहेश्वरी, काली लगायतका मातृ योद्धाहरूले रक्तविजलाई पराजित गर्न नसकेपछि चण्डीकाले चामुण्डालाई रक्तविजबाट उत्पन्न भएका नयाँ नयाँ दैत्यहरूलाई भक्षण गर्न आदेश दिएकीले चामुण्डाले आफ्नो मुख ठूलो वनाई उत्पन्न भएका सवैलाई भक्षण गरी अन्त्यमा रक्तविजलाई रक्तविहिन तुल्याई नष्ट गरेको प्रसंग त्यहाँ उल्लेख गरिएकोले देवी मांसाहारी रहेको मान्न सहिन्छ । र यसैको संझनामा देवीका शक्तिपिठहरूमा वलि दिने प्रथाको थालनी भएको बुझ्न सकिन्छ ।

सो पुस्तकको तेह्रौं अध्यायमा पनि देवीलाई वलि चढाइएको कुरा उल्लेख छ । सो अध्यायको बाह्रौं श्लोकमा वैश्यले र राज्य गुमाएका सुरथ राजाले तिन वर्षसम्म आफ्नो शरीरको रगत वलि दिएर उपासना गरेको वताइएको छ । श्लोक यस प्रकारको रहेको छ– ददतुः तौ बलिं च एव निज गात्रा सृक् उक्षितम् । एवं सम आराधयतः त्रि वर्षैः यत आत्मनः । उल्लेखित प्रमाणहरूबाट देवी मन्दिरमा वलि चढाउनु शास्त्रीय मान्यता रहेको मानिन्छ । मन्दिरमा विशेष गरी देवीका शक्तिपिठहरूमा पशुवली दिनुको अर्काे उद्देश्य पनि रहेको छ । त्यहाँ वलि दिइएका पशु पंक्षीहरूको आत्मा शक्तिपिठको आशिर्वाद प्राप्त गरी उत्तम गति प्राप्त गर्दछन् भन्ने मान्यता पनि रहेको छ । उत्तम गति प्राप्त गनुृको अर्थ उनीहरू पुन नजन्मीने गरी देवलोकको वास गर्न पुग्छन् वा जन्मे भने पनि पशु वा पंक्षीको भन्दा उत्तम योनीमा जन्म लिन पुग्दछन् । यहि मान्यताले वलि प्रथाको थालनी भएको मानिएको छ ।

वाख्रा, भेडा, कुखुरा, हाँस, राँगा, भैंसी र बंगुर सुंगुरको वलि दिने प्रचलन नेपालमा सदियौं पुरानो चलन रहिआएको छ । शक्तिपिठमा बलि दिएर रगत चढाउने र मासु आँफुले खाने चलन रहेको छ । वलि चढाउन प्रयोग गरिने उल्लेखित पशु तथा पंक्षीहरूलाई मासुको लागि पालन गर्दै आइएको र वजारमा यि पशुपंक्षीको वेचविखन भै नै रहेको छ । वलि प्रथाको विरोध गर्नेहरूले के को आधारमा विरोध गरेका हुन् ? त्यसको वारेमा ठोस तर्क र जवाफ दिन भनेसकेका छैनन् । साकाहारी वा मांसाहारी बन्न पाउने व्यक्तिहरूको रुचिको विषय भए जस्तै शक्तिपिठमा पशुपंक्षीको वलि दिएर वा फलपूmल चढाएर आफ्नो आस्था प्रकट गर्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार अन्तर्गत रहन्छ । वलि प्रथाको विरोध गर्नेहरूको अभियान प्रायोजित रूपमा चलेको जस्तो देखिएको छ । मांसाहारी बन्न नछाड्ने तर वलिको विरोध गर्नुको कुनै अर्थ रहदैन । आ–आफ्ना संस्कार संस्कृति मान्न पाउनु नै स्वतन्त्र अधिकार अन्तर्गत पर्दछ । आफ्नो संस्कार वा संस्कृति विभिन्न धर्म, जाती र क्षेत्र अनुसार फरक फरक रहेको परिप्रेक्षमा यसको वारेमा वहस गर्नु धर्मान्तरणलाई प्रोत्साहन वा धर्मान्तरकारीको सौजन्यता मार्फत परिचालि कर्म अन्तर्गत बुझ्न सकिन्छ । गाउँघर तिर झांक्री, भंगेर, स्थानी–मानी भनी वोका, थुमा, भाले रांगो, परेवा, हाँस आदिको वलि दिई पूजा गर्ने चलन रहेको छ । विभिन्न जनजाती समुदायमा प्रचलित तान्त्रिक पद्धतीमा तामसी वलिको प्रचलन नै रहेको छ । तामसी वलि भनेको रक्सी मासु चढाएर गरिने पूजा हो । मन्दिर वा स्थानीयमानीय एवं तन्त्र मन्त्रमा दिइने वलि मासुकै लागि पालीएका हाँस, परेवा, कुखुरा, भेडा, वाख्रा र राँगा जस्ता पंक्षी वा जनावरहरूको दिईने हुनाले कुनै अनर्थको कुरा भएन । मारेरै खानको लागि पालिएका कुखुरा, हाँस, भेडा–वाख्रा पूजा आजामा लगेर मारिउन् कि अघिपछि मारिउन् खासै अर्थ रहँदैन ।

वलि पनि तिन किसिमका हुन्छन् (सात्विका, राजसी, तामसी) । सात्विक राजसी अन्तर्गत नरिवल फेरेर गरिने पूजालाई लिन सकिन्छ । काम, क्रोध, लोभ, मोह र मात्सर्यको प्रतीक वनाएर पंचवलि दिईने चलन रहेको छ । हाँस, परेवा, भेडा, वोको र रांगोलाई प्रतीक मानेर वलि दिइने प्रचलन चलेको हो । पञ्च प्रवृतिलाई वलि दिइनु भनेको आगामी दिन देखि अर्थात् अव उप्रान्त ति प्रवृत्तिहरूबाट आँपूm पूर्ण रुपमा मुक्त वा अलग भउको घोषणाको रूपमा पञ्चवलिलाई लिने गरिएको थियो । तर पछिल्ला चरणमा पञ्चवलिको महत्व र अर्थ नबुझी नबुझी पञ्च प्रवृतिका प्रतीकलाई वलि त दिइने गरेको देखिन्छ तर ति प्रवृतिहरूबाट आँपूm अलग भएको महसुस सम्बन्धित व्यक्ति ले गर्न खोजेको पाइँदैन । विहान वेलुका मांस विना भोजन नगर्नेहरू अहिले वलिप्रथाको विरूद्धमाअभिव्यक्ति दिन अगाडि सरेको देख्दा आश्चर्य लाग्दछ । अझ अनौठो त के देखिन्छ भने आपूmलाई वुद्धका अनुयायी हौं भन्नेहरूले शान्तिको माला जप्दै मांस भक्षण गरिरहेका हुन्छन् । अधिकांश लामाहरू मांसाहारी भएर पनि काटमार र वलि प्रथाको विरोध गरिरहन्छन् । मांस भक्षण गर्नेहरूले त्यो मांस जीवलाई हत्या वा काटमार नगरी त प्राप्त गर्ने कुरै छैन । तर पनि शान्ति शान्ति भन्दै मन्दिर वा शक्तिपीठहरूमा दिईने वलिको किन विरोध गरिरहेका छन् ?

 – पदम रेग्मी

Post a Comment

0 Comments