
पोखरा का लोकप्रिय समाजसेवी तथा साहित्यकार रवीन्द्र माकाजू को यो लघुकृति देख्न मा सानो भएर पनि गण्डकी प्रदेश का विशेषता को अध्ययन गर्ने हरू का लागि अत्यन्त महत्त्वपूर्ण बनेको छ । कृति पढ्दा के अवगत हुन्छ भने पोखरा शहर मा नेपाली संस्कृति को संरक्षण र संवर्धन मा याहाँ का नेवार समुदाय बाट उल्लेखनीय योगदान भएको छ । यो यथार्थ मा आधारित छ । एसका साथै नेपाली भाषा र साहित्य को सेवा मा पनि पोखरा का नेवार प्रतिभा हरू को अतुलनीय योगदान रहिआएको यहाँ उल्लेख नगरी मन मान्दैन । खास गरी गोपाल वैद्य किञ्जल्क, सरुभक्त श्रेष्ठ, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, सरस्वती श्रेष्ठ आदि । प्रस्तुत कृति का लेखक रवीन्द्र माकाजू को विशेष योगदान राष्ट्रव्यापी एवं बहुचर्चित रहिआएको कुरा उल्लेख नगरी रहन सकिन्न । पोखरेली मठ मन्दिर हरू मा हरिकीर्तन र शास्त्रीय भजन गाउने परम्परा पनि उत्तिकै अविस्मरणीय मानिन्छ । प्रस्तुत कृति का लेखक समाजसेवी रवीन्द्र माकाजू ले पोखरा लाई र पोखरेली लाई चिनाउने क्रम मा साना ठूला गरेर ४ दर्जन भन्दा बढी कृति लेखिसक्नु भएको छ । जो आँपैm मा एउटा राम्रो कीर्तिमान हो । एसका साथै उपन्यास र कविता हरू मा पनि माकाजू ले कलम चलाउनु भएको छ । वहाँ राम्रो पत्रकार पनि । नेपाली भाषा का विषय मा साहित्यकार रवीन्द्र शुद्ध वर्णविन्यास को पक्ष मा हुनुहुन्छ । शुद्ध भनेको के हो भने उसको माउ रूप अनुकूल हुन सक्नु हो । अहिले का हाम्रा शब्दकोश हरू को जस्तो लटर पटर होइन । प्रस्तुत कृति मा पनि लेखक माकाजू ले तेही परिमार्जित वर्णविन्यास को प्रयोग गर्नु भएको छ । जसका लागि उहाँ बधाई को पात्र हुनुहुन्छ । सब भन्दा ठूलो काम उहाँ ले पोखरा मा सनातन धर्म र संस्कृति को संरक्षण गर्ने कार्य मा सनातन धर्म सेवासमिति मा रहेर राम्रो जागरण ल्याइरहनु भएको छ । केन्द्रीय समिति मा पनि उपाध्यक्ष को रूप मा उहाँ ले दिएको योगदान उत्तिकै अविस्मरणीय रहिआएको छ । श्री माकाजू ले योगप्रशिक्षण मार्पmत पनि सेवा गरिरहनु भएको कुरा बिर्सन सकिन्न । मँ उहाँ को उत्तरोत्तर अभ्युन्नति को कामना गर्दछू । अन्त मा याहाँ वर्णित जात्रा पर्व हरू को स्थापना र संरक्षण मा विशिष्ट योगदान गर्नु हुने सम्पूर्ण समाजसेवी संस्कृतिप्रेमी हरू प्रति हार्दिक सम्मान व्यक्त गर्दै आफ्नो शुभकामना अर्पित गर्दछू र सबै मा धन्यवाद पनि टक्य्राउँछू, जय सनातन संस्कृति ।
0 Comments