वुटवल । भैरहवा भन्सार परिसरमा पार्किङ स्थलको प्रयाप्त सुविधा नहुँदा आयात गरिएका वस्तुहरू धेरै दिनसम्म जाँचपासको लागि पालो कुरेर वस्नु पर्ने स्थिति रहेको छ । जसबाट आयातित महंगो हुन गै अन्यत्र स्थानबाट आएका वस्तुसंग प्रतिष्पद्र्धा गर्न नसक्दा व्यवशायीहरूले यो नाकालाई मmन्झटिलो मान्न थालेका छन् र अन्य वैकल्पिक स्थानको खोजी तर्फ लाग्ने स्थिति सृजना भएको छ । लामो समयसम्म पालो कुरेर वस्दा डेमरेज, डिटेन्सन लगायतका शुल्क तिर्नुपर्दा आयातित सामानहरू महंगा पर्ने भएका छन् । यस्तो स्थिति उक्त भन्सार कार्यालयको रहेकोले आवश्यक सुधार प्रकृयाको थालनी गर्नुपर्ने त्यत्तिकै आवश्यकता देखिन्छ । भारतबाट आएका मालवाहक गाडीहरू भैरहवा नाकाबाट नेपाल प्रवेश गर्न ५÷७ दिन पालो कुरेर सडकमै वस्ने गरेका छन् । सुनौली नाकाको भन्सार विन्दु देखी १५÷२० कि.मि. पर भारततर्पm गाडीको लाइन लाग्ने गरेको छ ।
भन्सार जाँच गर्न भन्सारको यहि पुरानो, साँघुरो संरचना अप्रयाप्त रहेको छ । पार्किङ स्थललाई थप फराकिलो वनाउनु पर्नेमा भन्सार विभाग तथा सरकारी निकायले कुनै चासो देखाएका छैनन् । एकै दिनमा भन्सार पास हुनुपर्ने गाडी धेरै दिनसम्म पालो कुरेर रोकिनुपर्दा आयातित् सामानको लागत वढ्न जाने भएपछि आयातकर्ताहरूले भैरहवाको विकल्प अन्य नाकाहरूको खोजी गर्नपट्टी लागेको वताईन्छ । यदी भैरहवा रूटलाई परित्याग गर्ने हो भने भैरहवाको व्यापार–व्यवशाय र उत्पादनमा गंभीर धक्का पुग्ने चिन्ताले स्थानीय व्यवसायी एवं व्यपारीहरू ग्रस्त हुन थालेका छन् । विलम्वका कारण अतिरिक्त शुल्क तिर्नुपर्दा आयातित सामान महंगा हुने र त्यसको मार उपभोक्ता वा प्रयोगकर्तामा पर्न जान्छ । भैरहवाको विकल्पमा कपिलवस्तुको सुठौली र नवलपरासकिो महेशपुर भन्सार नाकाबाट आयात गर्ने योजनामा व्यवशायिहरू लागेको वताईन्छ । पालो कुरेर वसेका दिनहरूको थप भाडा तिर्नुपर्दा सामान स्वतहः महगा पर्न जान्छन् । भैरहवा नाकाबाट भन्दा वीरगञ्ज नाकाबाट सामान आयात गर्दा निकै सस्तो पर्ने गरेको कुरा व्यापारीहरू बताउँछन् । कुनै सामानमा त ७० हजारको फरक पर्ने गरेको कुरा ति व्यवशायीले वताएका छन् । भैरहवा कार्यालय परिसरमा मुस्किलले तिनवटा मात्र गाडी अट्न सक्ने स्थान रहेकोले सयौं गाडीहरू भारतीय सडकमा पालो कुरेर ५÷७ दिनसम्म वस्नुपर्दा लाइनमा पालो कुरेर वसेका दिनको पनि भाडा थपिन जाँदा सामानहरूको लागत वढ्न जाने गरेको हो । भैरहवा भन्सारवाट छिर्न समय लाग्ने भएपछि भारतीय ट्रान्सपोर्ट कम्पनीले सामान लोड गर्न नमान्ने गरेको वताइन्छ । अन्य नाकाबाट ४÷५ पटक सम्म सामान ढुवानी गर्न सकिने वेलामा भैरहवाबाट भने मुस्किलले १ पटक मात्र हुने गरेको छ ।
सरकारले भन्सार मार्फत राजस्व वृद्धि गर्ने तर्फ मात्रै ध्यान केन्द्रित गरी भन्सारमा आधारभूत पूर्वाधारको सुधार गर्ने तर्फ ध्यान दिएको छैन । १५ वर्ष अगाडिको संरचनाले थेग्न नसक्ने देखिएता पनि सरकारले भने वढिभन्दा वढि राजस्व असुलीमा ध्यान केन्द्रित गरिरहेको छ । भन्सारको कारणले पनि भैरहवामा लगानीको वातावरण खुम्चदै गएको त्यहाँका व्यवसायीहरूको रहेको छ । कैयौं दिनसम्म भारतको सडकमा लाइन लागेर वस्नुपर्दा गाडीका स्टाफहरूलाई पकाएर खान, सुत्न र सौचालयको चर्काे समस्या परेकोले उनीहरू सो नाकाबाट भालवाहक दुवानी गर्न अनिच्छुक हुन थालेका छन् ।
0 Comments